हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’मा अभिनय गर्दै आएका पुराना कलाकारहरूको समूहले नयाँ नामको अर्को कार्यक्रम ‘सक्किगो नि’ ल्याएको यो दोस्रो श्रीखला हो । मिडियाहबसँग ‘भद्रगोल’ शीर्षकमा विवाद बढेपछि कार्यक्रम नै त्यागेको उक्त समूहले नयाँ कार्यक्रम ‘सक्किगो नि’कार्यक्रम ल्याएका हुन् ।
हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), हरि निरौला, कमलमणी नेपाल, दीपक आचार्यलगायतको टिमले नयाँ शीर्षकसहितको कार्यक्रम ल्याएका हुन् । मिडिया हबले सर्जकलाई छलेर पारिश्रमिक नदिएको, पुरानो ब्रान्डमाथि नयाँ कार्यक्रम बनाएर मनोमानी गरेको लगायत गुनासो गर्दै आएका कलाकारहरूले नयाँ कार्यक्रम ल्याएका हुन् । नयाँ कार्यक्रम आँउदो असोज २ गते बिहिबारबाट प्रसारणमा ल्याएका हुन् ।
‘सक्किगो नि’को यो श्रीखलामा निकै नै दर्शक स्रोतालाई हसाएका छन् ! जिग्री र रक्षाको लब छुताउनको लागि अनेक प्रकारको खेल खेलिएको छ । रक्षा र जिग्रिको लब चक्कर परेको बेला सोहि मौका छोपेर बलेले आफ्नो फेसबुक वालमा हार्दिक श्रद्धाञ्जली लेखेर पोस्ट गरेका छन् । रक्षालाई अत्याउने न्युमा बलेले जिग्री मरेको नाटक गरेका छन् । उता रक्षालाई भने निकै नै गाह्रो भएको छ । हेर्नुहोस ‘सक्किगो नि’को यो भाग ”
हेर्नुहोस भिडियो :