सप्तरी, ७ असोज । जागरण अभियानका क्रममा नेपाली कांग्रेसका एक संसद आफ्नै कार्यकर्ताद्वारा कु*टिए*का छन् । जिल्लाको राजविराजमा आयोजित कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर सप्तरी–४ बाट निर्वाचित नेपाली कांग्रेसका सांसद् तेजुलाल चौधरी मंगलबार आफ्नै कार्यकर्ताद्वारा कु*टिए*का हुन् ।
स्थानीय पबि माध्यमिक विधालयको मैदानमा आयोजना गरिएको जागरण अभियान समापन कार्यक्रमको आसन ग्रहणको विषयलाई लिएर उत्पन्न भएको विवादमा निर्वाचित सांसद् चौधरीमाथि कांग्रेसकै कार्यकर्ताहरुले हा*तपा*त गर्दै मञ्चबाट तल झारिदिएका छन् ।
आसन ग्रहणको क्रममा पार्टीका कनिष्ट नेताहरुलाई आसन ग्रहण गराएपनि सांसद् चौधरीलाई नगराएपछि वरिष्ठताको विवाद सार्वजनिक मञ्चमै भएको थियो । त्यसपछि सांसद् चौधरीसहितका एक खेमाले कार्यक्रम बहिष्कार गर्दै राजविराजमा कांग्रेस सप्तरी सभापति दिनेश यादवविरुद्ध नाराबाजी गर्दै कारबाहीको माग गरेका छन् ।
कार्यक्रमस्थलबाट आधा सहभागि बहिष्कार गरेर बाहिरिएपछि बाँकी रहेका कार्यकर्तामाझ जागरण सभा सम्पन्न गरिएको थियो ।