एका बिहानै काठमाडौं तीनकुनेमा आगलागी (भिडियो)

  • प्रकाशित मिति: शनिबार, असोज ४ २०७६
  • तामाकोशी

काठमाडौं : काठमाडौंको तीनकुने गैरीगाउँस्थित मुख्य सडकमा तार सप्लाई गरेको पोलमा शुक्रबार बिहान एक्कासी आगलागी भएको छ । विद्युत सर्ट भएर आगो लाग्दा विद्युत, टेलिफोन, इन्टरनेटका तारहरु जलेका छन् ।

गुजुल्टो बनाएर टाँगिएको तार जलेर अगो फैलिँदै थियो । स्थानीयले पानी हाली आगो फैलिनबाट रोकेका थिए । केहीबेरपछि दमकल आएर आगो निभायो । आगो फैलिएर ठूलो क्षति हुनबाट जोगियो ।



आगलागी भएको पोलनजिकै पेट्रोल पम्पसमेत भएकाले स्थानीयहरु त्रसिद भएका थिए । बिजुलीका तारसँग अन्य तार पनि अव्यवस्थित तरिकाले टाँग्दा ठूलो दुर्घटना निम्तिन सक्ने यो घटनाले देखाएको छ । आगलागीबाट तार जलेपछि त्यस आसपास विद्युत, इन्टरनेट, टेलिफोन सेवा अवरुद्ध भएको छ ।
भिडियो