संविधान दिवस कार्यक्रम: रामेछापको मन्थलीमा जे देखियो.. (फोटो र भिडियो सहित)

  • प्रकाशित मिति: शुक्रबार, असोज ३ २०७६
  • तामाकोशी

रामेछाप, असोज ३ गते ।
देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२” लाई हस्ताक्षर गरी अनुमोदन गरे संगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको हो ।

हजारौं नेपालीहरुको वलिदान, त्याग, तपस्या अनि पसिनाले ल्याइएको यस नेपालको संविधान २०७२ वास्तवमै फलदायी अनि शुभ सावित भएको छ । ‘सङ्घिय गणतन्त्र’ नेपालको संविधान २०७२ द्वारा नेपाल विधि र गणतान्त्रिक शासनको पथमा अघि बढिसकेको छ । असोज ३ अर्थात् आजकै दिन २०७२ मा घोषणा गरिएको यो संविधानले २०६३ पौष १ गते ने.क.पा. माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापित गरिदिएर पूर्ण संविधान जारी गरेको हो ।
देशले नयाँ संविधान पाएको दिनको सम्झना गर्दै आज देशभरी नेपालको संविधान दिवस विभिन्न कार्यक्रम गरी हर्शउल्लासको साथ सुसम्पन्न गर्‍यो ।



यसै अबसरमा रामेछापको सदरमुकाम मन्थलीमा पनि सरकारी तथा गैर सरकारी संघसंस्थाको पहलमा बृहत र्‍यालीको आयोजना गरी बजार परिक्रमा गर्‍यो । आजको रामेछाप मन्थलीको कार्यक्रम कस्तो थियो त ? फोटो र भिडियोमा तामाकोसी अनलाइन टिमले देखाउने प्रयास गरेका छौं ।
बाँकी फोटो र भिडियोबाट…..