काठमाडौँ – ‘सयथरी बाजा, एउटै ताल ।’ नेपाल एक यस्तो भूगोल हो, जहाँ अनेकथरी धून बज्छ । ठाउँ, क्षेत्र, समुदाय, जातजाति अनुसार यहाँको धूनमा भिन्न-भिन्नै मिठास छ । रैथाने लवज, रैथाने भाषाका यस्ता धूनले ‘लोक-संगीतको खुला भण्डार’ बनाएको छ ।
पूर्वमा मारुनी भाका घन्कन्छ, पश्चिममा देउडा । उत्तरमा तामाङ सेलो बज्छ, दक्षिणमा मैथली । यी विविध भाका, सुर र ताललाई एकसूत्रमा बाँध्दैछ, नेपाली लोक स्टारले ।
नेपाली संगीतकै भव्य यो रियलिटी शो हो, यो । देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्ने यस रियलिटी शोमा शीर्ष उपाधी जित्नेले ठुलो राशिको नगद पुरस्कार प्राप्त गर्नेछन् । लोक स्टारको मन्चमा नेपालि गीतसंगीतका बादशाह समेत प्रवेश गरेका छन् । चर्चित गायक देखि चर्चित हाश्याकलाकार पनि लोक स्टारको मन्चमा पाहुना बनेर आएका हुन्छन ।
अब लोकस्टारमा ८ जना उत्कृष्ट प्रतिस्पर्धी छन् । ८ मध्ये एउटाले यो मन्च छोडने छन् । बाकि प्रतिस्पर्धी ७ मा पुग्ने छन् । गलाकला हरेकको उतिकै राम्रो छ । तर जिम्मा आम दर्शकको हातमा रहने छ । सवैको प्रस्तुति उतिकै उत्कृष्ट रहेको छ ।
आउँनुहोस हेर्नुहोस यो अफिसेटमा चर्चित गायक तुलशी पराजुली र सहित राम जिखाड देख्न सकिन्छ । आजका पाहुना तुलशी पराजुली ल आफ्नै गित गायर कार्यकर्मको ढोका खोलेका थिए भने जर्जमा गायक रामजी खाड लगायतका चर्चित तथा वरिष्ट गायक तथा संगीतकारको उपस्थिति रहेको छ । गायक पराजुलीले भने हरेक गित गाउदा उतिकै फिलामा बग्न जरुरि छ । हेर्नुहोस :