काठमाडौं – अर्जुन घिमिरे पाडेँ र कुमार कट्टेल जिग्रीको नयाँ कमेडी सिरियल ‘सक्किगोनि’ बिहिबारबाट प्रशारणमा आएको छ । भद्रगोलबाट बाहिरिएपछी अर्जुन घिमिरे पाडेँ र कुमार कट्टेल जिग्रीको पुरानो टिमले नै नयाँ सिरियलको सुरु गरेका हुन् । नयाँ कमेडी सिरियल ‘सक्किगोनि’ अब देखी हरेक बिहिबार नेपाल टेलिभिजनमा रातीको ८ : ५० बजे आउनेछ ।
साथै युटुबमा ओएसआर डिजिटल युटुब च्यानलबाट पनि आउनेछ । नयाँ कमेडी सिरियल ‘सक्किगोनि’ मा अर्जुन घिमिरे पाडेँ र कुमार कट्टेल जिग्रीकै निर्देशन रहेको छ । नयाँ हाँस्य टेलिसिरिलमा जिग्री र पाँडे, सागर लम्साल बले, हरि घिमिरे कक्रोज लगायतका कलाकारहरुको अभिनय रहेको छ ।