देवेन्द्र कुवरको निर्देशनमा “प्रदेशी”गीतको म्युजिक भिडियो सार्वजनिक

  • प्रकाशित मिति: बिहिबार, असोज २ २०७६
  • तामाकोशी

काठमाडौं-नेपालीहरुको महान चाड दशैँ तथा दिपावलीको शुभकामना “प्रदेशी” गित सार्वजनिक भएको छ । टेक बिसीको सुमधुर स्वरमा रहेको गीतको शब्द सरोज सुनारले कोर्नु भएको छ भने बिकास चौधरीले संगीत गर्नु भएको छ । बासु बरालले छायांकन गरेको म्युजिक भिडियोलाई सरोज सुनारले सम्पादन गरेका हुन् भने निर्देशक देबेन्द्र कुवरले निर्देशन गरेका छन् ।
कुवर नेपालि गीतसंगीतलाई फरक शैलीले निर्देशन गर्ने निर्देशक हुन् । बिगत लामो समय देखि नै यहि क्षेत्रमा लागेका कुवरले दर्जनौ गीतमा निर्देशन गरिसकेका छन् । बास्तविक घटनामा चित्रण गर्न माहिर कुवर पछिल्लो समय एकाएक माथि आएका छन् । कुवरका हरेक कम उतिकै प्रेरणादाई छन् । यो म्युजिक भिडियोमा सरोज सुनार र अनु शाहको दमदार अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो :
https://youtu.be/1Wy0gwfReJc