दुखद : खबर भट्टराईको निधन

  • प्रकाशित मिति: बिहिबार, असोज २ २०७६
  • तामाकोशी

काठमाडौं -काठमाडौं र कालिकोटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पारी २ जनाको मृत्यु भएको छ । ठमाडौं महानगरपालिका(१५ बनस्थली अन्नपूर्णा चोकस्थित सडकमा बा।३ ख १८३३ नम्बरको बसले बा।९८ प २७१५ नम्बरको टरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौं महानगरपालिका(१६ देवनगर घर भएका २० वर्षीय सम्मान भट्टराईको साईबाबा अस्पताल ढुंगेधारामा उपचारको क्रममा मृत्यु भएको छ ।

दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।कालिकोट, तिलागुफा नगरपालिका(१ नाग्म बजारस्थित सडकमा यात्रु चढाउन रोकी राखेको ना।३ ख ७६६४ नम्बरको बस अचानक अगाडि बढ्न गई मंगलबार दिउँसो दुर्घटना हुँदा बसले च्यापियर जुम्ला सिजा गाउँपालिका(१ बस्ने ३१ वर्षीय नन्द बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ ।



दुर्घटनामा घाइते भएका अन्य ५ जनालाई उपचारको लागि जिल्ला अस्पताल जुम्लातर्फ लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । Source:Osnepal