कतिपय पुराना भनाइहरुलाई बिज्ञले पनि सत्य सावित गर्दै आएका छन् । हामीले सुन्दै आएका कुराहरु जस्तै – खुर्सानी ओसिएमा पानी पर्छ । भ्यागुती चलाए छाला चिलाउँछ । गर्भवतीले टन्न केरा खाए छोरो जन्मन्छ । दुध धेरै खाएमा बच्चा गोरो जन्मिन्छ आदि । यी मध्ये केहीमा सत्यता रहेको बिज्ञहरुले समेत प्रमाणित गरेकाछन् ।
अक्स्फोर्ड बिश्वविद्यालयका बिद्वानहरुले बर्षौदेखि मानिदै आएको अन्धबिश्वासलाई तोड्ने नियतले एक समूह बनाई अध्ययन गरेका थिए र नतिजामा उनीहरुले के पाए भने अधिकांस अवस्थामा धेरै केरा खाँदा छोरा नै हुन्छ । हाम्राे समाज पितृ सत्तात्मक हाे , याे देशमा छोराको महत्व धेरै हुन्छ । जति धेरै शिक्षित परिवार भएपनि छोरा र छोरीबीचको विभेदको कुरा बाहिर आउने गरेको छ । धेरैले छोराकै चाहानाका कारण पारिवारिक सम्बन्ध विगारेका पनि छन् । छोराको चाहाना राखेकै कारण गर्भपतनको क्रम पनि बढेको छ ।
तर, यस्ता केही सोच र भनाईहरु छन् जसको प्रयोगले छोराको रहर पुरा हुन्छ । एक अध्ययनको नतिजा अनुसार तपाईंलाई हामी भन्दैछौं केरा खाए छोरा जन्मने सम्भावना हुन्छ । तपाईं पत्याउनुहुन्छ?
संसार भर एउटा मान्यता रहि आएको छ- गर्भवती हुने समय र भइसकेपछि दैनिक रुपमा अत्यधिक मात्रामा केरा खाए छोरो जन्मन्छ । अनि त्यही समयमा दुध बढी सेवन गर्यो भने बच्चा गोरो जन्मिन्छ भन्ने मान्यता छ ।
यही मान्यतालाई आधार मानेर विज्ञहरु अनुसन्धान गरेका छन् । अक्स्फोर्ड बिश्वविद्यालयका बिद्वानहरुले गरेको अध्ययन अनुसार, केराको सेवन बाट छोरा हुने संभावना केही बढी देखिएको छ ।
यसको लागि विद्वानहरुले ७ सय ४० जना गर्भवती महिलाहरुलाई सहभागी गराएर अध्ययन गरेका थिए । सहभागीहरु महिलाहरु मध्ये जसले धेरै क्यालोरीयुक्त खाना वा केरा खाएका थिए, उनीहरुको छोरा भएको थियो । त्यसैगरी कम क्यालोरियुक्त खाना खाने र थोरै केरा खानेको भने छोरी भएको अनुसन्धानबाट देखिएको थियो ।
अनुसन्धानकर्ताहरुका अनुसार, केरामा पोटासियमको मात्र धेरै हुन्छ, जसले लिङ्गको लम्बाइ बढाउन समेत मद्धत गर्छ । तर, उनीहरुको अध्ययन अनुसार, केरा खाँदा छोरा हुने सम्भावना ५५ प्रतिशत हुन्छ । त्यसैगरी गर्भवती हुँदा छाती बढि पोल्छ भने रौं धेरै भएको बच्चा जन्मने कुरा पनि बैज्ञानिक अनुसन्धानले पुष्टि गरेको ।