भाइरल कमलको घर पुग्दा देखीयो यस्तो पीडादायी अवस्था, हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: बुधबार, असोज १ २०७६
  • तामाकोशी

धादिङ– दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन्। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छन्। दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ।

कमला उमेरले ११ वर्ष लागिन्। बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषमा उनको जन्म भयो। ९ वर्षको उमेरमै स्कुलका साथीभाई, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन्। विद्यालयका प्रतियोगीतामा भाग लिई कुनै न कुनै पोजिसन जितेकै हुन्छिन्। गाउँमा हुने चाडपर्व, विवाह लगायतको उत्सवमा उनको गीतमा रमाउनेहरुको ताती लाग्छन्।



परिवारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन्। न कसैले गीत गाउँछन् न त उनको गीतमै रमाउँछन्। ज्याला मजदुरी र घरायसी काम गरेरै बिहान बेलुकाको छाक टार्दै आइरहेको कमलाका आमा देवकी घिमिरेले छोरीले दुःख र संघर्षको गीत गुन्गुनाइ रहने बताइन्। ‘छोरीको प्रगति देखेर खुसी लागेको छ’, खुसीको आशु निकाल्दै उनले भने, ‘भगवानले छोरीको प्रतिभालाई चिन्यो।’

कमला गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुन्थिन्। गाउँमा हुने कार्यक्रम र विद्यालयमा पनि अनिवार्य रुपमा उनको सहभागीता हुन्थ्यो। कार्यक्रममा सहभागी भई पुरस्कार समेत जितिसकेको उनकी आमा देवकीले बताइन्। ‘सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै हुन्थिन्, रेडियो, टिभीमा बजेको गीतका भाकाहरु टपक्कै टिप्थिन्’, उनले भने, ‘पहिले विद्यालय र छिमेकमा मात्रै सिमित थियो, अहिले छोरीको प्रतिभालाई सबैले चिनेका छन्।’

मध्यमस्तरको परिवारमा जन्मिएकी कमला दुखैले हुर्किइन्। बिहे गरेको तीन वर्षमा श्रीमान सम्पर्क बिहीन हुनु र परिवारको आर्थिक भार आफ्नो काँधमा आउनुको पीडा कमलाकी आमा देवकी जिन्दगीभर भुल्न चाहदिनन्। एक वर्षको काखे छोरीलाई जेनतेन दुःख गरेर हुकाईन्। घरको आर्थिक अवस्था धान्न धौँ धौँ परिरहेको बेला श्रीमानको अत्तोपत्तोले दिनहरु आशुको सहारामा गुजारिन्। सासुससुरा, नन्दआमाजु छरछिमेकीको हेला, छिमेकीको तिखो बाण सहदै पाँच वर्ष गुजारिन्। पाँचवर्षपछि सम्पर्कमा आएका श्रीमानले अर्को श्रीमती ल्याए।

https://youtu.be/yV6rN2TtJC8