काठमाडौं-हाम्रो समाजले बच्चैदेखि ‘बोक्सी, लागूभागू र माता’मा विश्वास गर्न सिकाएको छ । यो हाम्रो समाजको मनोविज्ञान हो । सानैदेखि नै यसमा हामी अभ्यस्त हुँदै आएका छौं । सातो गएको भन्दै सानैदेखि माता वा धामी झाँक्रीकहाँ लगेर झारफुक गर्ने वा सातो बोलाउने गरिएको हुन्छ । हाम्रो समाजमा त्यस्ता कयौ घटना बाहिर आउने गरेका छन् ।
पहिलो त हाम्रो समाजले धामी झाँक्रीमा विश्वास गर्न सिकाएको छ । विश्वास आफैंमा औषधि हो । र धामी झाँक्रीले उपचार गरेपश्चात् उनीहरु भन्छन्, ‘अब केही हुँदैन, मैले उपचार गरेको छु । मैले भनेका काम गरेपछि सबै निको हुन्छ । स्तै, धामी झाँक्रीले उपचारका क्रममा मन्त्र गाउने र ढ्यांग्रो बजाउँछन् । गाउअघरमा अझै पनि महिलालाई देवता चडेको देखेका छौ सत्यता कति हो त्यो भने प्रमाणित भएको छैन । एउटा पुजामा देखिएको यो दृश्य हेर्नुहोस ।