६ र १२ वर्षका दुई बालिकालाई जंगलमा एकैसाथ जवरजस्ती…

  • प्रकाशित मिति: बुधबार, भाद्र २५ २०७६
  • तामाकोशी

काठमाडौं- एकै साथ दुई बालिकालार्ई जंगलमा लगी करणी गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । दुई बालिकालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा रोल्पा त्रिवेणी गाउँपालिका—४ का २८ वर्षीय सन्तोष सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो ६ वर्षीय र १२ वर्षीय बालिकालाई जंगलमा पुयाई जवरजस्ती गर्न खोजेको सुचनाको आधारमा सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनी माथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।