२५ भाद्र अछाम-गृह मन्त्रालयले जनयुद्दका घाईते लाई प्रतिशत निर्धारण तथा पुनराअवलोकन कार्य सुरु गरेपछि अछाममा रहेका जनयुद्धका घाईतेहरुले पनि पुनरावलोकन गराउन थालेका छन । जनयुद्धका क्रममा सरकार पक्षबाट घाईते भएका हरुको गृहमन्त्रालयले तथ्यंक संकलन र शरिरमा बमबारुद र गोलिका छर्रा भए नभएको अवस्थाबारे एकिन गर्ने काम भईरहेको छ ।
आफुहरु जस्ता जनयुद्धका घाईते अपाँग भएका र शरिरभरी बम बारुदका छर्रा भएका योद्धाहरुलाई राज्यले बेवास्था गरेको जनयुद्द जनआन्दोलनका घाईते संघ अछामका संयोजक दल ब साउद (संगम) ले बताउनुभयो । घाईते अपाँगता भएकाहरु र शरिरमा गोलिका छर्राहरु रहेका ब्याक्तिहरु निकै दुःखदायीपूर्ण जीवन बाँचिरहेको उहाँको गुनासो छ ।
जनयुद्द र जनआन्दोलनको क्रममा देश र जनताको लागी आफनो ज्यानको बाजी लगाएर, भोक निन्द्रा नभनी संघर्षमा होमिएका घाईते अपाँगहरु आफुहरुको उपचार र सहयोगका लागि राज्यले कुनै पहल नगर्दा निरास बनेका छन । देशमा शासन ब्यावस्था परिवर्तन गर्न र जनताको अधिकार स्थापित गर्नका लागि लडेका कयौ ब्याक्तिहरुको बेजोग अवस्था हुदा पनि नेतृत्व वर्ग र राज्यका सबै निकायहरु बेखबर हुनु दुःखद भएको उनीहरुको भनाई छ ।
जनयुद्ध र जनआन्दोलनका घाईते अपाँगहरुलाई सरकारले जिबननिर्वाह भत्ताको ब्यावस्था गर्ने भनेपनि आजभोलि कुरा समेत सुन्न नचाहने भएकाले आफुहरु निरिह बनेको जनयुद्धका घाईते रामारोशन गाउपालिका ६ का राम ब साउद (आयाम) को भनाई छ ।
पढने लेख्ने उमेरमा बन्दुक समाएर देश परीबर्तन गर्नेतिर लागेको तर देशमा परीबर्तन आई संघियता र नयाँ संविधान आईसकेपनि परिवर्तनका मुख्य पात्रहरु घाईते अपाँगको अवस्था दयनिय हुदै जानु दुःखद कुरा हो । लामो समय बितिसक्दा पनि सरकारले कुनै पहलकदमी नलिदा आफु जस्ता हजारौ साथिहरुको अवस्था दयनिए भएको र बम, बारुद र गोलीका छर्राले थिलथिलो भएको शरिरले कुनैपनि काम गर्न नसकिने अवस्था रहेको रामारोशन गाउपालीकाकै कम्मान सिंह साउद (जोशीला) ले बताउनुभयो ।
देशमा संघिय लोकतान्त्रिक गणतन्त्र आएर तिन तहको सरकारको अभ्याँस भईरहेतापनि यसै ब्यावस्थाका लागि लड्ने योद्धाहरुको ब्यावस्थापन हुन नसक्नु दुखद भएको रामारोशन गाउँपालिकाका स्थानीय दलबहादुर साउद (असिम) को भनाई छ । स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकार सबैले जनयुद्ध र जनआन्दोलनका घाईते अपाँगहरुलाई मुख्य प्राथमिकता दिन जरुरी रहेको उहाँले बताउनुभयो । तिनै तहका सरकारले परिवर्तनका खातिर लड्ने योद्धाहरुलाई ब्यावस्थापनमा ध्याँन दिनुपर्नेमा सरोकारवालाको समेत जोड रहेको छ ।