दशैंको टीका: साइत बिहान १० बजेर ३५ मिनेटमा

  • प्रकाशित मिति: आइतबार, भाद्र २२ २०७६
  • तामाकोशी

काठमाडौं । पञ्‍चाङ्ग निर्णायक समितिले दसैंको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले टीकाको साइत असोज २१ गते बिहान १० बजेर ३५ मिनेटमा रहेको जनाएको छ।

विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेटमा टीका ग्रहणका लागि उत्तम रहेको पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्य ढुंगेलले जानकारी दिए। उनका अनुसार १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा घटस्थापनाका लागि उत्तम समय छ।