लुटेर हत्या गर्ने २ पुरुष र एक महिला पक्राउ,ट्रेन भित्रै अत्यन्त पिडा दिएर लुटेराहरुले गरे यसरी नेपालीको हत्या

  • प्रकाशित मिति: आइतबार, भाद्र २२ २०७६
  • तामाकोशी

कपिलवस्तुवाट वैदेशिक रोजगारिका लागि रुस पुगेका एक नेपाली युवाको ह त्या भएको छ । रुसको राजधानी मस्को शहरमा उनको ह त्या भएको हो । उनलाई ३ जनाको संख्यामा रहेको लुटेराको समूहले दोमाद्देदोभाका मेट्रो ट्रेनमा ह त्या गरेको बताइएको छ । कपिलवस्तु नगरपालिका ३ का धुब्रकुमार अहिरका २६ बर्षे छोरा राजकुमार यादवको धा रीलो ह तियार प्रयोग गरी ह त्या भएको हो । घटना मंगलबार बिहान करिब साढे दुई बजे तिर भएको हो । यात्राका क्रममा रहेका उनी मेट्रो दोमाद्देदोभाको बाहिर निस्कने क्रममा अज्ञात लुटेराहरूले हातपा त गरेका थिए ।

उनलाई धा रीलो ह तियार प्रहार गरेर शख्त घाइते भएका यादवको अत्याधिक र क्तश्रावका कारण मृ त्यु भएको हो । मृ तकका भाई श्याम कुमार यादवका अनुसार रुसमा रहेका नेपालीले घटनाका बारेमा जानकारी गराएका थिए । उनी २०७२ सालदेखि रुसका पास्ता शहरमा वैदेशिक रोजगारीका लागि बस्दै आएका थिए । साथी अभिषेकसँग भेटघाटपछि उनी मेट्रो ट्रेनबाट आफ्नो निवास तर्फ फर्किएका उनलाई ट्रेनवाट ओर्लिए लगत्तै लु टेराहरुले आ क्रमण गरेका थिए। प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गरिसकेको छ ।



आ क्रमणमा संलग्न २ पुरुष र एक महिला पक्राउ परेको रुसमा रहेका नेपालीले जानकारी दिएको भाईले बताएका छन् । घटनाका बिषयमा रुसमा रहेको नेपाली राजदूताबासमा जानकारी गराइएको छ । ब्यापारीक भिषामा रुस गएका उनी पास्ता सिटीमा विभिन्न कम्पनीको सिम कार्ड आपूर्ति गर्ने काममा थिए । राज कुमारको म त्युको खबरले ठूलो सडवा गाउँ नै शोकमा डुवेको छ । मृ तकका श्रीमती र एक सात महिने छोरा तथा ३ दाजु भाई, एक दिदी, आमा र बुवा छन्। नाबालक छोराकी आमा पतिको मृ त्युको खबरले अचेत छन् ।

यो पनि हेर्नुहोस्ः नेपालगन्जका होटल व्यवसायी नेपालगन्ज हुँदै भारतका शहरमा सञ्चालन भइरहेका यात्रुवाहक बस रोक्न सडकमा उत्रिए…नेपालगन्जका होटल व्यवसायी नेपालगन्ज हुँदै भारतका विभिन्न शहरमा सञ्चालन भइरहेका यात्रुवाहक बस रोक्न सडकमा उत्रिएका छन् । पर्यटकीय इजाजत लिएर भारतका विभिन्न शहरमा यात्रु ओसार–पसार गर्ने नेपाली बसलाई रोक्नका लागि सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गर्दा बेवास्ता गरेपछि आफैँले बस रोक्नु परेको होटल व्यवसायी सङ्घले जनाएको छ । बाँकेका अध्यक्ष भीम कँडेलले बताउनुभयो ।

नेपालगन्ज हुँदै दैनिक दर्जनभन्दा बढी गाडी नेपाल–भारतमा ओहोरदोहोर गर्ने गर्दछन् । भारततर्फ जाँदा दैनिक राति ९ बजेसम्म नेपालगन्ज नाका पार गर्ने बसहरु नेपाल फर्किंदा बिहान ७ देखि १० बजेसम्म फर्किने गरेका छन् । होटल व्यवसायी सङ्घ बाँकेका अध्यक्ष भीम कँडेलका अनुसार भारतका विभिन्न शहरबाट पश्चिम नेपालका विभिन्न जिल्लामा नेपालगन्ज नाका हुँदै सिधा सञ्चालन हुने बसलाई शुक्रबारदेखि रोक्न थालिएको हो । “हिजो सिमलाबाट दाङको तुलसीपुर जाँदै गरेको बसलाई रोकेर यातायात व्यवस्था कार्यालय बुझाएका थियौँ”, अध्यक्ष कँडेलले भन्नुभयो, “आज पनि दाङ जाँदै गरेको एउटा बसलाई रोकेर यातायात व्यवस्था कार्यालय बुझाएका छौँ ।”

पर्यटकीय इजाजत लिएर यात्रु ओसार–पसार गर्ने बसलाई स्थानीय यातायात व्यवसायी र होटल तथा पर्यटन व्यवसायीले रोक्न थालेपछि नेपालगन्जको पुष्पलालचोक क्षेत्रमा तनावसमेत हुने गरेको छ । “पर्यटकका नाममा यात्रु ओसार्न पाइँदैन”, कँडेलले भन्नुभयो, “यी गाडीहरु नेपालगन्जमा रोक्दै नरोकी सिधै गन्तव्यमा जानाले यहाँका सबै व्यवसायीलाई मर्का परेको छ ।” होटल व्यवसायीले रोकेर बुझाएका अवैध बसलाई यातायात कार्यालयले बिना कुनै कारवाही छोड्ने गरेको कँडेलको आरोप छ । अवैध बस सञ्चालन नरोकिँदासम्म चरणबद्ध रुपमा यस्ता कार्यका विरुद्ध लाग्ने होटल व्यवसायी सङ्घले जनाएको छ ।

पर्यटन सुविधाको इजाजत लिएर यात्रुवाहक बस सञ्चालन गरिँदा यातायात व्यवसायीहरुका लागि मात्रै नभई सिङ्गो नेपालगन्ज शहर प्रभावित भएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले अवैध कार्य रोक्न सरोकारवाला निकाय प्रहरी प्रशासन र यातायात व्यवस्था कार्यालयले कडाइ गर्नुपर्ने बताउनुभयो । भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले अवैध रुपमा सञ्चालन हुने यात्रुवाहक बसका कारण वैधानिक रुपमा सरकारको अनुमति लिएर सञ्चालन हुने नेपाल–भारत मैत्री बसलाई समेत समस्या हुने गरेको बताउनुभयो । उहाँले यो समस्या होटल व्यवसायीको एक छाक खाना र एक रात बासको मात्र नभई समग्र व्यवसायसँग जोडिएको बताउनुभयो । बाँकेमा भर्खरै प्रजिअको कार्यभार सम्हाल्नुभएका प्रजिअ कुमारबहादुर खड्काले सरोकारवालासँग छलफल गरी उपयुक्त निर्णय गरिनेछ भन्नुभयो । EIE NEPAL बाट साभार