रामेछाप । चैत १२ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका ९ साविकको पुरानागाउँमा विद्यार्थीहरु विद्यालयमा भर्ना हुने तर कक्षामा नियमिन उपस्थिन नहुने समस्या देखिएको देखिएको छ । किओसको आर्थिक सहयोग तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्यमा मानवअधिकार निगरानी समुह पुरानागाउँले शुक्रबार पुरानागाउँमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् ।
शिक्षा अधिकार सम्बन्धि विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी बिचको गाविस स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागिले विद्यार्थीहरु विद्यालयमा नआउने समस्या प्रमुख समस्याको रुपमा रहेको बताए । कार्यक्रममा स्थानापति मावि पुरानागाउँका प्रअ रामबाबु गिरीले विद्यार्थीहरु विद्यालय भर्ना हुने तर काम गर्न अन्यत्र जाने समस्याका कारण उ
नीहरुको पढाइ विग्रने गरेको बताए ।
पुण्य आधारभुत विद्यालयका प्रअ दीलिपराज गिरीले तथ्याङ्कमा विद्यार्थीहरु विद्यालय बाहिर नभएका भए पनि कक्षा कोठामा विद्यार्थीको उपस्थित अति न्युन हुने गरेको बताए । उनले विद्यार्थीहरु मूर्ति बनाउन र इँटाभट्टामा काम गर्न काठमाडौँ जाने हुँदा कक्षा कोठमा खालि जस्तै हुने अवस्था आएको बताए ।
नागरिक निगरानी समुह पुरानाउँका सदस्य कपीलराज गिरीले विद्यालबाट विद्यार्थी भाग्ने दर उच्च रहेकोले त्यसको समाधानको लागि विद्याल प्रशासनले ध्यान दिनु पर्ने बताए । जिल्ला शिक्षा कार्यालय रामेछापका श्रोत व्यक्ति केदार ढुँगेलले शिक्षक विद्यार्थी अनुपातलाई हेर्दा विद्यार्थीसंख्या खासै बढी नदेखिएकाले विद्यार्थीलाई विद्यालय आउने वातावरण बनाउन शिक्षकहरुले पनि भूमिका निभाउनु पर्ने बताए । उनले अभिभावकरु पनि पठनपाठन प्रति त्यतिकै जिम्मेवा हुनु पर्नेमा जोड दिए ।
कार्यक्रममा मानवअधिकार संरक्षण संजाल रामेछापका संयोजक एवं रामे
छाप बारका अध्यक्ष पाण्डव प्रसाईले समस्या र त्यसको समाधान पनि स्थानीयकै बिचमा भएकोले शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधन गर्न स्थानीय लाग्नु पर्ने बताए । कार्यक्रम आयोजना गर्नुको उद्देश्यको बारेमा इन्सेकका जिल्ला प्रतिनिधि नवराज पथिकले जानकारी गराएका थिए । उनले स्थानीय स्तरका समस्या र त्यसको समाधानको लागि छलफल गर्न कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रम मानवअधिकार निगरानी समुह पुरानागाउँकी अध्यक्ष विना तामाङको अध्यक्षतामा भएको थियो । सोही क्रममा मानवअधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईँ सहितको जिल्ला स्तरीय टोलीले स्थानीयसँग भेटघाट गरी गाविसको अवस्थाको बारेमा जानकारी लिएको थियो ।
विद्यार्थी नियमित विद्यालय नआउदा पढाई कमजोर भयो : पुरानागाउँका सरोकारवाला
- प्रकाशित मिति: शनिबार, चैत्र १२ २०७३
- तामाकोसी खबर