मन्थलीमा तिज विशेष कार्यक्रम हुदैः मन्त्रीद्धारा कार्यक्रमको उद्घाटन हुने

  • प्रकाशित मिति: आइतबार, भाद्र १५ २०७६
  • तामाकोशी

रामेछाप, भदौ १५ गते ।
रामेछापको सदरमुकाम मन्थलीमा तिज विशेष बृहत साँस्कृतिक कार्यक्रम २०७६ हुने भएको छ । मन्थली महिला समुह परामर्श केन्द्र मन्थलीको आयोजनामा तिज विशेष बृहत कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम संयोजक तारा भन्डारी मगरका अनुसार प्रदेश ३ को आर्थिक योजना तथा मामिला मन्त्री कैलाशप्रसाद ढुंगेलले कार्यक्रमको औपचारिक उद्घाटन गर्नुहुनेछ । कार्यक्रममा कलाकार नबराज घोरासैनी, सिता थापा, माधब थापा, संजिव मगर र मैया मगरले आ–आफ्नो प्रस्तुति मार्फद मनोरञ्जन प्रदान गर्नेछन् । साथै लाइभ दोहोरी कार्यक्रम समेत हुने संयोजक भन्डारीले तामाकोसी अनलाइनलाई जानकारी दिइन् ।
मन्थली नगरपालिका, मन्थली वडा १ को वडा कार्यालय, मन्थली बचत तथा ऋण सहकारी संस्था, जिएस होटल, लिटिल स्टार बोडिङ स्कुल, तामाकोशी बोडिङ स्कुल, अनुराग इन्टरप्राइजेज, मन्थली माबी, नबजागरण बचत तथा ऋण सहकारी संस्था लगाएतको उक्त कार्यक्रममा सहयोग रहने आयोजकले जानकारी दिइएको छ ।
कार्यक्रम भदौ १६ गते सोमबार तिजको दिन मन्थलीको जिल्ला समन्वय समितिको प्राङगणमा हुनेछ ।