चैत ९, काठमाडौं । भूकम्पपछि पुनर्निर्माणमा खटिएका झण्डै २०० इन्जिनियरहरुले राजीनामा दिएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलका राजीनामा दिने इन्जिनियरहरुको संख्या झण्डै २०० पुगेको छ ।
ग्रामिण क्षेत्रमा बनेका घरहरु मापदण्ड पुरा नगरेको तर, त्यसलाई स्वीकृत गर्न दबाव आएको भन्दै इन्जिनियरहरुले राजीनामा दिएका हुन् । यसअघि काममा जान नमानेका इन्जिनियरहरुको मागअनुसार सरकारले भत्ता बढाएको थियो ।
