रामेछाप । असार २६ गते,
रामेछापको मन्थली नगरपालिका नेपालको संविधान २०७२ ले नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा स्थापीत गरे अनुसार नागरिकलाई घरघरमै स्वास्थ्य सेवा पुर्याउँन लागि परेको छ । सरकारको यहि लक्ष्यलाई मध्यनजर गरी नगरपालिकाले वडा नम्बर १२ गेलु र वडा नम्बर ७ भटौलीमा जेष्ठ नागरिकहरुका लागि निशुल्क स्वास्थय परिक्षण तथा औषधी वितरण शिविर संचालन गरेको छ ।
नगरपालिकाले असार २३ गते सोमबार वडा नम्बर ७ भटौली स्वास्थ्य चौकीमा र असार २४ गते मंगलबार वडा नम्बर १२ गेलुको सिक्राल शहरी स्वास्थ्य केन्द्रमा शिविर संचालन गरेको मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशवराज फुयालले जानकारी दिए । भटौलीमा भएको शिविरमा १ सय ५६ जना र गेलुमा भएको शिविरमा १ सय ६६ जना जेष्ठ नागरिकहरुले आफ्नो स्वास्थ्य परिक्षण गराई औषधी समेत लिएको स्वास्थ्य संयोजक फुयालले बताए । 
शिविरमा डा. निराजन खाती , डा.नितेन्द्र कर्ण , मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशवराज फुयाल , जनस्वास्थ्य निरिक्ष रामप्रसाद प्रसाई , वरिष्ठ कविराज निरिक्षक दिपक कुमार कार्की , हेल्थ असिष्टेन युवराज सापकोटा लगाएतको टोलीले जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरेका थिए । विशिरकै अवसरमा वडा नम्बर ७ भटौलीका २ सय जना र वडा नम्बर १२ गेलुका २ सय जना गरी ४ सय जना ७० बर्ष नाघेका जेष्ठ नागरिकहरुलाई छाँता पनि वितरण गरिएको छ । राज्यले प्रदान गरेको स्वास्थ्य सेवालाई प्रभावकारी ढंगले समुदायको पहँुचमा पुर्याउनका लागि नगरपालिकाको विभिन्न स्थानहरुमा यस्ता शिविरहरु संचालन गरिरहेको स्वास्थ्य संयोजक फुयालले बताए ।
गेलु र भटौलीका जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविर
- प्रकाशित मिति: बिहिबार, असार २६ २०७६
- तामाकोशी