रामेछाप । असार २२ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १० चनखु र वडा नम्बर ६ भलुवाजोरमा एकदिने निशुल्क आयुर्वेद स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । वडा नम्बर १० चनखु स्वास्थ्य चौकीमा असार २० गते शुक्रबार र वडा नम्बर ६ को हुलाक वेतिनि सहरी स्वास्थ्य केन्द्रमा असार २१ गते शनिवार स्वास्थ्य परिक्षण सहित निशुल्क औषधी वितरण शिविर संचालन गरिएको मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशवराज फुयालले बताए । 
शिविरमा आयुर्वेद चिकित्सक डा.निरज खतिवडा , स्वास्थ्य संयोजक केशवराज फुयाल ,वरिष्ठ कविराज निरिक्षक दिपक कुमार कार्की , जनस्वास्थ्य निरिक्षक रामप्रसाद प्रसाई ,कविराज सपना सत्याल लगाएले सर्वसाधारणहरुको स्वास्थ्य परिक्षण गरी औषधी समेत वितरण गरेका थिए । निशुल्क आयुर्वेद स्वाथ्य परिक्षण शिविरबाट चनखुमा ३ सय २ जना र हुलाक वेतिनि सहरी स्वास्थ्य केन्द्र बलुवाजोरमा २ सय ३१ जनाले स्वास्थ्य परिक्षण सहित औषधी सेवा लिएको स्वास्थ्य संयोजक फुयालले जानकारी दिए । शिविरमा स्वास्थ्य परिक्षणका लागि आएकाहरु मध्य अधिकांसमा हाडजोर्नी र पेटसम्बन्धी समस्या भएको पाइएको मन्थली नगरपालिका स्वास्थ्य संयोजक केशवराज फुयालले बताए । शिविरको सेवा प्रवाहाको अवस्थाका बारेमा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत नेतृत्वको टोलीले निरिक्षण तथा अनुगमन समेत गरेको थियो ।
मन्थली नगरपालिकाको चनखु र भलुवाजोरमा निशुल्क आयुर्वेद स्वास्थ्य परिक्षण शिविर
- प्रकाशित मिति: आइतबार, असार २२ २०७६
- तामाकोशी