पोखराको पृथ्वीचोकमा ढलले बगाएर एक जना बेपत्ता भएका छन् । शुक्रबार साँझ पानी परेपछि पोखराको प्रवेशद्वार पृथ्वीचोक नजिकैको बाटो काट्ने क्रममा ढलले बगाएर एक जना बेपत्ता भएको स्थानीयले बताए। साँझ ७ बजेतिर सेतो सर्ट, कालो पाइन्ट र पछाडि झोला बोकेका एक युवालाई बगाएको स्थानीय माछा पसलका सञ्चालक किशोर शाहले बताए।
शुक्रबार साँझ ठूला वर्षापछि बाटो र ढलसम्मै भएको अवस्थामा पानीले बगाएर बेपत्ता भएको उनले बताए। ढलमा परी बगाएको अवस्थामा एक स्कुटर चालक र दुई जनाको उद्धार गरेको उनले बताए। युवा ढल हुँदै सेतीमा खेसेर बेपत्ता भएको उनले बताए।