मन्थलीमा भूकम्प प्रभावित क्षेत्रका भुमि समस्या र समाधानका विकल्प बिषयक अन्र्तक्रिय

  • प्रकाशित मिति: आइतबार, चैत्र ६ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत ६ गते,
रामेछापको सदरमुकाम मन्थलीमा भूकम्प प्रभावित क्षेत्रका भुमि समस्या र समाधानका विकल्प बिषयक अन्र्तक्रिय कार्यक्रम आईतबार सम्पन्न भएको छ । जिल्ला भुमि सुधार मञ्च रामेछापले आयोजना गरेको कार्यक्रममा जिल्लाका विभिन्न ठाउँका भुमिविहिन नागरिक र जिल्ला स्थित सरोकारवाला निकायबिच प्रश्नउत्तर कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागि नागरिकहरुले जग्गा नभएकै कारण सरकारले आफुहरुलाई घर बनाउनका लागि अनुदान रकम नदिएको बताए । उहिरुले आफुहरुको समस्यामा सरोकारवाला निकाय गम्भिर नभएको बताए । कार्यक्रममा खिम्तीकी प्रमिला माझि ,लिलामाया श्रेष्ठ,मन्थलीका श्रीबहादुर माझी , रामेछाप विर्ताका जनकराज श्रेष्ठ लगाएका नागरिकहरुले जिल्लाको सुकुमवासी,गुठी,अ‍ैलानी जग्गामा बसोवास रहेका नागरिकहरुको समस्यामा सरकार गम्भिर नभएको बताए । कार्यक्रममा बोल्दै रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले भूकम्प प्रभावित ठाँउका सुकुमवासीहरुलाई जग्गा दिने सवालमा सरकारले नितिगत निर्णय गर्ने तयारी गरिरहेको बताए । उनले जोखिममा रहेका बस्तीहरुको पनि पहिचान गरेर जोखिम बस्तीका घरलाई २ लाख दिने स्तानान्तरण गर्ने निर्णय भएको र त्यसको कार्यविधि आउन बाकी रहेको बतााए । उनले रामेछापका भुमिविहिनहरुको सवालमा आफुहरु गम्भिर रहेको बताए । नेपाली काँग्रेसका नेता झप्पडराज भण्डारीले नागरिकहरुले गुनासोमात्रै गरेर नहुने बताए । उनले राज्यको विभिन्न प्रक्रियाहरु रहेकाले त्यसमा सामेल भएर आफ्ना समस्या राख्न नागरिकहरुलाई आग्रह गरे । उनले भूकम्पवाट पिडित भएका रामेछापका नागरिकहरुलाई सरकारले दिने हरेक सेवा र सुविधामा रामेछापका दलहरु एकमत भएको पनि दाबि गरे । नेकपा एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले सरकारले चाए सुकुम्बासी समस्या तत्कार समाधान गर्न सक्ने बताए । उनले सुकुमबासीको सवालमा ठोस योजना ल्याए कार्यान्वयन पक्षमा सबैले सहयोग गर्ने बताए । उनले वर्तमान सरकारको योजना नारामामात्रै सिमित रहेको आरोप लगाए । उनले सुकुमवासीनै हुकुमवासी भएकोले समस्या भएको बताए ।
कार्यक्रममा नेकपा माओबादी रामेछापका नेता एवं पुर्व सभासद तारा नारायण श्रेष्ठले राजनितिक रुपमा छिनोफानो नभएसम्म सुकुमवासी समस्या समधान नहुने बताए । उनले यसका सवालमा नेपाल सरकारले विभिन्न निणर्य गरेको भएपनि कार्यान्वयन तहबाट प्रभावकारी काम हुन नसकेको आरोप लगाए । जमिन नभएको कारण घर सम्झौत गर्न नपाउँने नागरिकहरुको समस्या प्रति पुननिर्माण प्राधिकरण गम्भीर हुनुपर्ने बताए ।
राप्रपा रामेछापका उपाध्यक्ष केशव प्रसाद दाहालले मुलुकमा राहात र सुकुमवासी समस्या जटिल भएको बताए । जग्गामा बस्ने र परिश्रम गर्नेलेचाहि राहात नपाउने तर त्यसको धनिले भने राहात रकम लिएर काठमाण्डौ बस्ने गरेको बताए । संघिय समाजवादी फोरम नेपाल रामेछापका अध्यक्ष सोनाम ग्यापकले पहिला गरिएको गल्तीका कारण सुकुमवासी समस्या आएको बताए । जिल्ला समन्वय समिति रामेछापका दिपक सुवेदीले रामेछापका भुमि नहुनेहरुको संग अझै अनुदान सम्झौता हुन नसकेको बताए । जिल्ला भुमिअधिकार मञ्च रामेछापका अध्यक्ष चिरञ्जिवी श्रेष्ठको अध्यक्षत र रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैर–सरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।