रामेछाप । असार ५ गते,
रामेछापको पुरानो सदरमुकाम रामेछापमा रहेको जिल्ला अस्पताल रामेछापमा शुक्रबार र शनिबार बृहत निशुल्क स्वास्थ्य परिक्षण शिविर हुदै छ । स्त्री तथा प्रसुती रोग, मुटु रोग , जनरल शर्जरी ,जनरल फिजिसियन लगाएत रोगको परिक्षण एवं औषध उपचार गरि
ने शिविरको विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहयोग र समन्वयमा जिल्ला अस्पताल रामेछापले आयोजना गरेको हो ।
रामेछाप नगरपालिका ,नयाँ गोरखगण रामेछाप, रामेछाप नगरपालिका वडा नम्बर ८ को विशेष सयोग र ओम अस्पताल तथा रिसर्च सेन्टर चावहिल काठमाडाँैको सहकार्यमा शिविरको आयोजना गरिएको जिल्ला अस्पताल रामेछापका अध्यक्ष रोशन पार्खीनले जानकारी दिए । सूर्य चका फाउण्डेशन रामेछाप ,गौरिशंकर पूर्व विद्यार्थी समाज काठमाडौँ,रामेछाप नगर उद्योग वाणिज्य संघ र सामुदायिक विकास समाज सि.डि.एसको शिविर संचालिका लागि सहयोग रहेको अध्यक्ष पाख्रीनको भनाई छ ।
अध्यक्ष पाख्रीनले दुईदिन सम्म संचालन हुने शिविरबाट एक हजार भन्दा बढीले सेवा लिने बताए । उनले शिविर संचालनका लागि आवश्यक तयारी पुरा भैसकेका बताए । शिविरमा स्त्री तथा प्रसुती रोग, मुटु रोग , जनरल शर्जरी ,जनरल फिजिसियन लगाएतको निशुल्क परिक्षण तथा उपचार हुने भएकाले यी समस्या भएका सर्वसाधारणहरुलाई ठुलो राहात हुने उनको विश्वास छ ।
जिल्ला अस्पताल रामेछापमा दुईदिने वृहत स्वास्थ्य परिक्षण शिविर हुदै
- प्रकाशित मिति: बिहिबार, असार ५ २०७६
- तामाकोशी