रामेछाप । असार १ गते,
रामेछापको खाँडादेवी गाउँपालिका–८ को गागलका २ वटा टोल पूर्णसरसफाई उन्मुख भएका छन् । शनिबार एक कार्यक्रमको आयोजना गरि सो वडाका २ वटा टोललाई पूर्णसरसफाई उन्मुख टोल घोषणा गरिएको हो । वडाअध्यक्ष इन्द्रबहादुर तामाङको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम स्थानीयलाई व्यक्तिगत सरसफाई, घर तथा शौचालय र वातावरणि सफाई गर्ने प्रतिवद्धता गराइएको थियो । कार्यक्रम पहाडी समाज कल्याण केन्द्र दोरम्बाको सहजिकरणमा सञ्चालित सवल परियोजनाको सहयोग तथा वडा कार्यालयको आयोजनामा भएको हो । 
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख खड्काले सरसफाई मानव स्वास्थ्यको प्रमुख विषय भएकोले यसका ध्यान दिन आग्रह गरे । कार्यक्रममा सिङ्गो वडालाई नै पूण सफाईयुक्त वडा घोषणा गर्ने गरी आपूm लागेको वडा अध्यक्ष तामाङले बताए । सो कार्यक्रममा खाँडादेवी गाउँपालिका ४ का वडाअध्यक्ष धनबहादुर मानन्धर, सवल परियोनाका जिल्ला वरिष्ट परियोजा प्रमुख दिलबहादुर नेपाली, पहाडी समाज कल्याण केन्द्रका अध्यक्ष रत्नप्रसाद कँडेल लगाइतले सरसफाई र यसको महत्वको बारेमा बोलेका थिए । कार्यक्रममा पूर्णसरसफाईयुक्त टोल घोषणा गराउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गरिएको थियो ।
रामेछाप गागलका दुईवटा टोल पूर्ण सरसफाई उन्मुख घोषणा
- प्रकाशित मिति: आइतबार, असार १ २०७६
- तामाकोशी