गायक तथा सर्जक तेजश रेग्मीलाई गित चोरेको आरोप ! “बनपाले”गित सार्वजनिक भएको २४ घण्टा नबित्दै तानियो विवादमा,हेर्नुहोस(भिडियो)

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ २८ २०७६
  • तामाकोशी

काठमाडौं-नेपालि गीतसंगीतमा पछिल्लो समय गित नया सृजना भन्दा पनि सृजना चोरी गर्ने प्रचलन निकै नै बढेको छ । पुराना सर्जकले बनाएका गीतमा लय जुधाउने मेरो नया सिर्जना भनेर छाती फुलाउने कलाकारको बिगबिगी बढेको छ । अग्रज कलाकारहरुको सृजना चोरेर नया सृजना बजारमा आएका छन् भन्दै मिडिया बाजी गर्छन कलाकार । के संगीतमा कुनै कानुन र विधा हुदैन त् ? के कानुन छैन संगीतको ? के निकाय नै छैन ? नेपाली लोक दोहोरि क्षेत्रका लय तथा कथा चोरि हुनु कुनै नौलो घटना भने होईन । यद्दपी कसैको सृजना चोरी गर्नुलाई राम्रो मानिदैन । कालाकार हु भनेर छाती फुलाएर भन्नु भन्दा पनि अरुले सो कलाकारको तारिफ गर्नु पर्छ । गलाकला र आफैमा सृजना हुनु पर्नेमा अरुको सृजना चोरी गरी खाने भाँडो बनाउनु चाँही गलत हो ।

पुराना सर्जकहरको गीत चोरी गरी आफ्नो गीत बनाउने लहर नै चलेको बेला बाग्लुङ घर भएका गायक तथा सर्जक तेजेश रेग्मीले पनि “बनपाले”गित S3K Entertainmentको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । तेजश रेग्मीले यो गित चोरी गर्नु कुनै नयाँ कुरा भने हैन उनैले पनि सिको गरेका होलान । पुराना चलेका सृजना चोरी गर्दा छोटो समयमा नै चर्चामा आउने दाउ होला । “भखरै बजारमा आएको तेजश रेग्मीको लय तथा शब्द सिर्जना स्वयम् आफै र नयाँ गायिका कुशुम बुढाथोकीको आवाजमा सगुन शाही र संचिता शाहीको अभिनय रहेको गित सार्वजनिक गरेको केहि समयबाट नै बिबादमा तानिएका छन् ।



“वनपाले”गित रेग्मीले आफैले सृजना गरेका छन् तर यो गित पुरानो रेसम सापकोटा,विष्णु माझि र प्रकाश क्षेत्रीको दशैँ गित “बाटो हेरे हुन्छा है घरमा” र केहि समय अगाडी आएको गित खुमन अधिकारि र पूर्णकला बिसीले गएको “मायाको झोला”गीतमा हुबहु लय मिलेको दर्शक स्रोताले आकलन गरेका छन् । युटुबमा समेत कमेन्ट आएका छन् ।



यसरि पुराना सर्जकका गित चोरी हुदा समेत किन मौन बसेको छ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान । सवैका सर्वप्रिय कलाकार प्रकास सपुत पनि उतिकै बिबादित गायक हुन् । तत्कालै आएको गित”गलबन्दी” पनि लय जुधेको हल्ला आईरहदा समेत प्रतिष्ठान गुप् चुप बसेको छ ? यसरि चोरी हुनु  हस्तछेप र सर्जक माथि बलत्कार भएको हैन र ? यो बिषयमा तपाई हामीले सोच्नु पर्ने बेला आएको छ ।
हेर्नुहोस भिडियो :