काठमाडौं । आफ्नो ड्युटी गर्ने क्रममा ११ हजार भोल्डको करेन्ट लागेर दुवै हात र खुट्टा गुमाएका रुकुमका कृष्ण वलिको हात खुट्टा जोड्ने काम भइरहेको छ । केहि महिना अघिसम्म कृष्ण वलिसँग दुख र पिडा बाहेक केहि थिएन । तर अब भने उनी कृत्रिम हात खुट्टा हाल्ने तयारीमा रहेका छन् । उनले श्रीमतीको अटुट साथ र परिवारको माया पनि पाएका छन् । यसैक्रममा उनी काठमाठौँको माछापुछ्रेमा रहेको एक अपाँग आश्रममा पुगेका छन् । उनी इजिप्टमा गएर मिनि मोडल र टाइटल जितेर आएकी प्रिन्सा खड्काको जन्मदिनमा शुभकामना दिन त्यहा पुगेका हुन् ।
यसैबिच उनले क्यानडा नेपालका लागी हामिसँग कुरा गर्दै हात खुट्टा हालेपछि बच्चा जन्माउने योजना रहेका बताएका छन् । अन्तरबार्तामा कृष्ण वलिकी श्रीमती रुपाले अब छिट्टै कृष्ण वलिको हात जोडीने भन्दै खुशि ब्यक्त गरेकी छिन् । उनले हामि सँग कुरा गर्दै हात जर्मनमा बन्न लागेको र अब एक महिना मात्र धैरे गर्नुपर्ने बताइन् । अन्तरबार्तामा कृष्ण वलिलाई चार पाचँ महिनामै पहिलेको जस्तै देख्न पाइने रुपाले बताएकी छिन् ।