रामेछापमा पनि दमकल भित्रियो

  • प्रकाशित मिति: बिहिबार, चैत्र ३ २०७३
  • तामाकोसी खबर

रामेछाप । चैत ३ गते,
रामेछाप जिल्लाम पनि आगो निभाउनका लागि प्रयोग हुने दमकल भित्रिएको छ । रामेछापको मन्थली नगरपालिकाले जिल्लामै पहिलो पटक दमकल ल्याएको हो । बजार क्षेत्रमा रहेको बस्ती र घरहरुमा आगलागीबाट हुन सक्ने धनजनको क्षतीलाई मध्यनजर गदै नगरपालिकाले ६० लाखको टेण्डरमा दमकल ल्याएको मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाले बताए । दमलकललाई बिहिबार सदरमुकाम मन्थलीको देवकोटाचोकमा परिक्षण गरिएको छ ।
जिल्ला स्थित सुरक्षा निकायको निगरानीमा गरिएको दमकल परिक्षण हेर्नका लागि नागरिकहरुको भिड लागेको थियो । परिक्षण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक कुमोद ढुंगेल, मन्थली नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोत्तम सापकोटाको सहभागिता रहेको थियो । दमकलको परिक्षण रामेछापका प्रहरी प्रमुख ढुंगेलले पानिको फोहोर हानेर गरेका थिए ।
जिल्लामा विभिन्न समयमा आगलागीको घटना हुँदा आगो नियनत्रणका लागि भरपर्दाे माध्यम केहि नभएको अवस्थामा जिल्लामा दमकल भित्रिदा नागरिकहरुमा खुशि छाएको छ । उनीहरुले स्रोत र साधनहरु हुदाँ हुँदै पनि नागरिकलाई समस्या पर्दा समयमै प्रयोग गर्न नपाउने परिपाटिलाई भने मन्थली नगरपालिकाले तोड्नु पर्ने बताए ।