वर्षमा २ करोड कमाउने यी १४ वर्षीय बालक

  • प्रकाशित मिति: बुधबार, जेष्ठ २२ २०७६
  • तामाकोशी

काठमाडौं । कतिपय बालबालिका भिडियो गेम खेलेर अभिभावकहरु दिक्क बनाउँछन् । तर अमेरिकाका एकजना १४ वर्षीय बालकलाई धेरै भिडियो गेम खेल्दा उनका आमाबुबाले गाली होइन स्याबासी दिने गरेका छन् ।

अमेरिकाको न्ुयोर्ककस्थित १४ बर्षिय ग्रिफिन स्पिकोस्की नामका यी बालकले भिडियो गेम खेलेरै एक वर्षमा २ करोड भन्दा बढी कमाएका छन् । भिडियो गेम खेल्न निकै मन पराउने उनी हरेक दिन १८ घण्टासम्म फोर्टनाइट भिडियो गेम खेल्दछन् ।



साथै उनले आफ्नो भिडियोलाई आफ्नो युट्युब च्यानल पनि अपलोड गर्दछन् । युट्युबमा अपलोड गर्ने भिडियोबाटै उनले प्रशस्तै रकम कमाउने गरेका छन् । १२ लाख सब्सक्राइबर भएको उनको युट्युबम च्यानलमा करिव ७ करोड १० लाख भ्यूज छन् ।

भिडियो गेम खेलेरै धेरै आम्दानी गरेका कारण ग्रिफिनका लागि एक वित्तिय सल्लाहार तथा एक लेखापाल समेत नियुक्त गरिएको बताइएको छ ।