२० जेठ । ब्लड क्यान्सरले थलिएका डोटीको दिपायल सिलगढी नगरपालिका वडा नं। ८ बस्ने ६ वर्षे बालक रोशन साउँदकोलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन् । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या आएको छ । लगातार ज्वरो आउन थालेपछि गत बैशाख १३ गते डोटीको शैलेश्वरी अस्पतालमा उनलाई उपचारका लागि पुर्याइएको थियो ।
त्यहाँको उपचारले सञ्चो नभएपछि रोशनलाई बैशाख २५ गते पुन जिल्ला अस्पताल डोटीमा पुर्याइयो । त्यहाँ पनि सञ्चो नभएपछि काठमाण्डौ लगी बैशाख २७ गते सिभिल सर्भिस हस्पिटल काठमाण्डौमा भर्ना गरियो । छोरा रोशनको रगत जाँच गराउँदा डक्टरले क्यान्सर भएको र उपचारको लागि ८ लाख जम्मा गर्न भनेपछि उपचारै नगरी घर फिर्ता भएको उनका बुबा दिल बहादुर साउँद “दिपेन्द्र”ले रुदै दुःखेसो पोखेका छन् ।
ब्लड क्यान्सर रोगबाट छटपटाई रहेका ६ वर्षका बालक रोशनको उपचार यति बेला क्यान्सर अस्पताल हरिसिद्दीमा उपचार भैरहेको छ । ब्लड क्यान्सर रोगबाट पीडित दिपायल सिलगढी नगरपालिका वडा नं। ८ बस्ने दिल बहादुर साउदका छोरा रोशन साउदको उपचारका लागि शनिबार अमेरिकाबाट रु २० हजार सहयोग प्राप्त भएको छ ।
S3K इन्टरटेन्टमेन्ट तथा अनलाइनका प्रबन्ध निर्देशक सतिश अधिकारीले ६ वर्षीय पीडित बालक रोशन साउदलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । अधिकारि यतिबेला अमेरिका बस्दै आउनुभएको छ । रोशन साउदको यस्तो दर्दनाक अवस्थ रहेको छ ।
यसै बिषयमा सतिश अधिकारि भन्नुहुन्छूसानो रकम दिदा कसैको पुनर्जन्म हुन्छ भने म पछी हट्दिन यो त् मेरो सेवा हो । सहयोगको लागि ठुलो धनराशी खन्याउनु पर्छ भन्ने पनि हैन । मन नै सवै भन्दा ठुलो कुरा हो । ब्लड क्यान्सर पिडित रोशन पीडाले छटपटाइरहेको खबर मैले पाएको थिए । सोहि खबर थाहा पाए पछी S3K अन्लाईनाकी रिपोर्टर संगम शर्मालाई सो रकम लिएर अस्पताल पठाएको थिए । सो रकम S3K को टिम गएर पिडित रोशनका बुवाको हातमा सहायोग दिनुभएको थियो । निकै नै नाजुक अवस्था रहेको बच्चाको जीवन रक्षा तथा उपचारको लागि सहयोग गर्न चाहने व्यक्ति वा संस्थाहरुले रोशनका बुबा दिपेन्द्रको मोबाईल नं। ९८०४६२२४२० मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।
हेर्नुहोस भिडियो :