मन्थलीमा ३ दिने विपद् जोखिम न्युनिकरण सम्बन्धि तालिम

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन २७ २०७३
  • तामाकोसी खबर

रामेछाप । २७ गते, फाल्गुण ,
रामेछापको सदरमुकाम मन्थलीमा ३ दिने विपद् जोखिम न्युनिकरण सम्बन्धि तालिम बिहिबारवाट सुरु भएको छ । मन्थली पार्टि प्यालेसमा सुरु भएको तालिममा रामेछपका पत्रकार , सामुदायि संघ संस्थाका प्रतिनिधि र शिक्षक विद्यार्थी गरी २४ जना भन्दा बढिको सहभागिता रहेको आयोजकले जनाएको छ । सामुदायिक विकास समाज मन्थली रामेछापको आयोजनामा संचालन भएको तालिममा प्राध्यापक एवं पत्रकारीता बिषयका बिज्ञ बिजय प्रसाद मिश्रले सहजीकरण गरिरहेका छन् ।
तालिममा नेपालको भूकम्प प्रभावित क्षेत्रमा आएका विपद्को अवस्था र विपद् कम गर्न समुदाय स्तरवाट अपनाउनु पर्ने पुर्व तयारीका बिषयमा प्रशिक्षण भैरहेको छ । तालिम सुभारम्भमा सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलन कुमार घिसिङले ३ दिने तालिमले समुदायमा आईपर्ने प्राकृतिक विपतिहरुलाई सामना गर्न सक्ने योजना तालिम पछाडि  सहभागिहरुले बनाउने बिश्वास ब्यक्त गरे । यसैगरी संचार क्षेत्रले विपद्का बेलामा समाचार प्रसारणका माध्यमबाट विपद् न्युनिकरणमा भुमिका खेल्न सक्छन भन्ने बारेमा तालिममा छलफल हुने आयोजकले जनाएको छ ।