काठमाडौँ- बिष्णु माझीले आवाज दिएको पछिल्लो समय युटुब देखि सर्बत्र रुचाईएको आवाज हो । नेपाली लोक संगीतका बादसाह सबैका मनका ढुकढुकी बहुचर्चित गायिका विष्णु माझी र नव गायक अशोक बिकको सुमधुर आवाज रहेको धुन नेपालको प्रस्तुति जनता डिजिटल एण्ड फिल्मको ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत ‘अनुसन्धान’ सार्वजनिक भएको हो ।
डि.आर सुजन”रेग्मी”को निर्देशनमा रहेको उक्त गीतको शब्द सागर रेग्मी र लय किशोर खत्रीको रहेको छ । रेशम दर्लामी र दिपक गिरीको छायांकन रहेको उक्त गीतको म्युजिक भिडियोलाई अमृत चापागाईले सम्पादन गरेका हुन् । भिडियो निकै उत्कृष्ट बनेको छ भने गीतले पनि उस्तै माया पाउने आशा अनि अपेक्षा गरेका छौ । गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ । गीतलाई बजार व्यवस्थापन तथा वितरण भने धुन नेपालको अफिसियल युटुब च्यानलबाट गरेका छन् ।
हेरौ भिडियो :