काठमाडौं-पछिल्लो समय नेपाली सांगीतीक बजारमा लोक दोहोरी गीतको चर्चा एका-एक चल्न थालेको छ, बजारमा दिनहुँ नयाँ-नयाँ उत्कृष्ट गीतहरु आई रहेका छन्। यसै बिच आईतवार पनि एउटा उत्कृष्ट गीत बजारमा आएको छ,गीतमा चर्चित गायीका शोभा थापा र विजय कुमार थापाको समधुर स्वर रहेको “सुन माया सुन”गीतको म्युजिक भिडियो सार्वजनिक छ,गीतको शब्द शृजना पछिल्लो समयका चर्चित सर्जक राजेन्द्र शाह बिपीले गरेका हुन् भने लय सृजना प्रशान्त पौडेलले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा प्रवेश थापा र करिश्मा ढकालले अभिनय गरेका छन, । प्रवेश थापाको प्रस्तुति रहेको गीतको छायांकन बासुबरालले गरेका छन् । दिपक बिष्टले सम्पादन गरेको म्युजिक भिडियोको निर्देशन काजिस श्रेष्ठले गरेका हुन् । विशेस फिल्मसको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । आशा छ यो गीतले पनि बिगतका गित झैँ चर्चाको सिखरमा पुग्न सफल हुने छ शुभकामना यो गीतका सम्पूर्ण टिमलाई ।