कोठी हटाउन यि कुराहरुको विचार गर्नुहोस्

  • प्रकाशित मिति: सोमबार, बैशाख १६ २०७६
  • तामाकोशी

मेलानीन भन्ने तत्व शरीरमा जम्मा भएपछि छालामा कालो, खैरो तथा छाला रंगको दाग तथा चिन्ह देखापर्छ, जसलाई कोठीको प्रतिनिधिका रुपमा विज्ञहरुले मानेका छन् ।
स्वास्थका हिसाबले शरीरमा उम्रिएको सबै कोठीहरु हानिकारक हुन्छ भन्ने होइन । तर पनि सबैलाई कोठी भने मनपर्दैन ।
चिकित्सकीय भाषामा कोठीहरुलाई मेलानिनको तत्व मानिन्छ जसमा पिगमेंटको मात्रा थुप्रिएको हुन्छ र यसकै कारणले छालाको रंग कालो, खैरो हुन पुग्छ ।

२०–३० वर्षको उमेर पुगेका मानिसमा कोठी देखापर्ने गर्छ । यो विभिन्न आकारमा देखापर्न सक्छ जस्तै फ्यात्त परेको, डल्लो, गाँठो, असमान, स्थिर लगायत । यिनिहरुमा रौं हुनपनि सक्छ र नहुनपनि सक्छ । कोठीको मात्रा मानिसको वंशानुगत असर, हरमनमा आइरहने उतारचढाब तथा सूर्यको किरणमा भरपर्छ । कतिपय कोठीहरु समय बित्दै जाँदा आफैँ हराएर जान्छ भने अर्को थरिका कोठीहरु सहजै जानमान्दैन । कोठीको रंग तथा आकारमा समय अनुसार परिवर्तन भैरहन्छ । तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुहोस् कतै यो क्यान्सरको संकेत त होइन किनकि त्यस्ता कोठीहरुको उपचार तपाईले आफै गर्न सक्नुहुन्न ।



लसुनसहितको घरेलु उपचार कोठी सखाप पार्न अत्यन्तै भरपर्दो उपायका रुपमा लिइने गरिन्छ । किनकि यसमा इन्जाइमको मात्रा लुकेको हुन्छ जसले मिगमेन्ट उत्पादन गर्ने स्रोतहरुलाई नै सखाप पार्ने काम गर्छ ।

तरिकाः

–लसुनको केस्रालाई सिलौटोमा पिन्नुहोस्

–कोठीमाथी लशुनको लेप लगाउनुहोस् ।

–अनि यसलाई सफा कपडा तथा प्लास्टरले ढाक्नुहोस्

–र, करिब २–३ घण्टासम्म छोडिदिनुहोस् ।

–यो प्रक्रिया केही दिन सम्म अपनाउनुहोस् ।

कोठी झरेर जानेछ । यो घरेलु विधि अपनाउनाले पाँचदिन भित्रमै परिणाम देखा पर्न थाल्छ । प्रत्येक दिन, प्रक्रिया अपनाउनुभन्दा पहिले अल्कोहल तथा संक्रमणनाशक वैकल्पिक उपायले कोठी वरिपरी सफा गर्न नबिर्सिनुहोस् ।