रामेछाप । चैत ३० गते,
अप्रील महिना लागे संगै रामेछापमा वेदेशी पर्यटकहरुको चाप बढेको छ । एघार दिनमा जिल्ला सदरमुकाम मन्थलीमा तीन हजार विदेशी पर्यटक भित्रिएका छन् ।
मन्थली विमानस्थलबाट लुक्ला उडान सुरु भएपछि मन्थलीमा विदेशी पर्यटकको संख्या ह्वातै बढेको हो । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल मर्मतका लागि दैनिक दस घण्टा बन्द भएपछि लुक्ला जाने पर्यटकहरुको लागि मन्थलीबाट उडान हुँदै आएको छ । एघार दिनको अवधिमा तीन हजार पर्यटक मन्थली विमानस्थलबाट आवत जावत गरेको नेपाल नागरिक उड्यान प्राधिकरण रामेछापका प्रमुख अमित चौरसियाले जानकारी दिए । अप्रील महिनाका ११ दिनको अवधिमा ३ हजार ८ सय विदेशी पर्यटकले मन्थली हुँदै आवतजावत गरेका छन् । अहिले मन्थली विमानस्थलबाट लुक्ला दैनिक ४५ फ्लाइटसम्म हुँदै आएको छ । मन्थलीबाट लुक्ला दैनिक उडान सुरु भएपछि मन्थलीमा चहलपहल बढेको छ । होटलहरु विदेशी पाहँुनाहरुले खचाखच भरिएका छन् ।
रामेछापमा विदेशी पर्यटकको चाप बढ्यो , ११ दिनमा झण्डै ४ हजार पर्यटक भित्रिए
- प्रकाशित मिति: शनिबार, चैत्र ३० २०७५
- तामाकोशी