यदि नराम्रो गरेको भए मलाई फासी दिनु फिलिप बचाऊ अभियानकि ~क्रिस्टिना भिडियो सहित हेर्नुहोस्

  • प्रकाशित मिति: शनिबार, चैत्र १६ २०७५
  • तामाकोशी

काठमाडौंको नर्भिक अस्पतालमा उपचारार्थ रहेका एक जना विदेशी नागरिकको समाचार र भिडियोले तरंग पैदा गरेको छ । नेपालमा बिचल्लीमा परेका ती बिदेशी नागरिक बेलायतका हुन् । उनको नाम फिलिप हो । उनी केहि दिन अगाडीबीर अस्पतालमा बेवारिसे रुपमा जीवन र मरणको दोसाधमा थिए । उपचारमा संलग्न एक चिकित्सकका अनुसार उनलाई हेपाटाइटिस सी,डाइबेटिस र HIV रोग छ । त्यसको लागी अस्पताल आफैले खर्च बेहोर्न नसकेको र बेलायती एम्बेसीले पनि बेवास्ता गरेको कारण उनको यो हालत भएको हो ।

अर्काको देशमा अलपत्र परेका विदेशी नागरिकलाई स्वास्थ्य बनाएर उनको देश फर्काउने हाम्रो अभियानमा तपाईहरुको पनि साथको अपेक्षा गरेका छौं । हामी नेपालीहरु विदेशी भूमीमा यस्तो अवस्थामा रहँदा कति पीडा हुन्छ पक्कै पनि उनलाई पनि त्यस्तै पीडा भएको होला । हामी आफ्नै पीडा सम्झेर उनलाई सहयोगका लागि पहल सुरु गरेका छौं । तर तपाईहरुको सहयोगबिना हाम्रो प्रयासले मात्र सम्भव छैन । कृपया यो भिडियो शेयर गरेर र उनलाई उपचारमा सहयोग पुर्याउन आर्थिक रुपमा पनि सकेजति सहयोग गरिदिनुहुन आग्रह गर्दछ।
भिडियो हेर्नुस्