रामेछाप महोत्सव २०७५, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको दमदार प्रस्तुती

  • प्रकाशित मिति: शनिबार, चैत्र ९ २०७५
  • तामाकोशी

 
रामेछाप । चैत ९ गते ,
प्रथम रामेछाप कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव रामेछाप सदरमुकाम मन्थलीमा जारी छ । मन्थली नगरपालिकाको आयोजना तथा सामाजिक सशक्तिकरण नेपालको सह(आयोजना एवं जिल्ला समन्वय समिति रामेछाप, रामेछाप उद्योग वाणिज्य संघ र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा चैत ५ गते मंगलबारबाट सुरु भएको मेलामा थप आकर्षण बन्दै गएको छ ।
महोत्सवमा सांगितिक कार्यक्रम , रोटेपिङ र उँटको चमत्कारी नृत्य कार्यक्रममा दर्शकहरुको आकर्षण बढ्दो छ । चैत १७ गतेसम्म संचालन हुने महोत्सवमा दैनिक राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारहरुले मनोरञ्जन दिइरहेका छन् । मेलाको पाँचौदिन शनिबार राष्ट्रिय स्तरका चर्चित कलाकार रमेशराज भट्राई , प्रदिप रोक्का, मनमाया वाइवा लगाएत स्थानीय कलाकारहरुको प्रस्तुतीले महोत्सवको माहोल पुरै संगितमय बनेको थियो ।
मेलामा लाइभ कन्सर्ट, जिल्ला स्तरीय गायन तथा नृत्य प्रतियोगिता समेत हुने छ । रोटेपिङ, बाल उद्यान, स्थानीय साँस्किृतिक झाँकी प्रदर्शन, दैनिक उपभोग्य बस्तुको स्टल र उँटको चमत्कारी नृत्यलाई दर्शकहरुले बढि रुचाएका छन् ।