रामेछाप । चैत ९ गते,
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ४ स्थित सालु स्वास्थ्य चौकीमा शुक्रबार एकदिने आयुर्वेदिक तथा स्त्री रोग सम्बन्धी स्वास्थ्य परिक्षण ,उपचार तथा छनौट शिविर सम्मपन्न भएको छ । पाठेघरको मुखको क्यान्सर समेतको परिक्षण गरिएको शिविर मन्थली नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको हो ।
आयुर्वेद स्वास्थ्य शिविरमा ३ सय ४८ र स्त्रीरोग सम्बन्धी शिविरमा ६९ जनाले स्वास्थ्य परिक्षण तथा उपचार गराएको मन्थली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख केशवराज फुयालले जानकारी दिए । शिविरमा पाठेघरको परिक्षण गराएका अधिकांस महिलाहरुमा तल्लो पेट दुख्ने ,सेतो पानी बग्ने समस्या देखिएको र एकजना महिलालाई तत्काल पाठेघरको अप्रेषन गर्नुपर्ने भएकाले काठमाडौ रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख फुयालले बताए । आयुर्वेद शिविरमा स्वास्थ्य परिक्षण गर्न आएका अधिकांसमा उच्च रक्तचाप , हाडजोर्नी सम्बन्धी समस्या र ग्याष्टीकका समस्या देखिएको मन्थली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
रामेछापको सालुमा स्वास्थ्य परिक्षण ,उपचार तथा छनौट शिविर
- प्रकाशित मिति: शनिबार, चैत्र ९ २०७५
- तामाकोशी