काठमाडौं । भारतीय टेलिभिजनकी चर्चित २१ वर्षीया अभिनेत्री नागा झाँसीले प्रेममा धोका पाएपछि आत्महत्या गरेको बताइएको छ । हैदरावादस्थित आफ्नै फल्याटको पंखामा झुन्डिएर आमहत्या गरेकी उनको मंगलबार शव फेला परेको भारतीय मिडियाले जनाएका छन् । अहिले उनको शव पोस्टमार्टमका लागि गान्धी अस्पतालमा राखिएको छ । उनी एक्लै बस्दै आएकी थिइन् ।
लामो समयदेखि रहेको युवकसँग प्रेममा धोका पाएपछि उनले थुप्रै धाराबाहिक चलचित्रमा काम गरिसकेकी छन् । उनले पछिल्लो समय ब्युटिपार्लर समेत चलाउँदै आएकी थिइन् । उनको आत्महत्याको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।