एकाबिहानै बोलेर जिप त्रिशुलीमा खस्यो

  • प्रकाशित मिति: सोमबार, फाल्गुन ९ २०७३
  • तामाकोसी खबर

९ फागुन, चितवन । सोमबार बिहानै चितवनको कविलासमा बोलेर जिप त्रिशुली नदीमा खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।

चितवनको खैरहनीबाट कोठा सरेर गोरखा जाँदै गरेका गोरखा ताकुकी विष्णुमाया गुरुङ्ग र उनका नाति कविन गुरुङ्ग बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रमुख दिपक थापले जानकारी दिए ।



दुर्घटनामा विष्णुमायाका छोरा  भिमबहादुर र बुहारी रिमा घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बा ३ च ७५४३ नम्बरको जिप सडकबाट करिब दुई सय मिटर तल त्रिशुलीमा खसेको छ ।

बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।