काठमाडौं। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको यतिका दिन पुगिसक्यो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको झण्डै ८ महिना बितिसक्दा पनि घटनामा संलग्न दोषीको पहिचान हुन भने सकेको छैन् ।
यही घटनाको अनुसन्धानको माग गर्दै चर्केको आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्युसमेत भएको थियो । तत्पश्चात् प्रहरीले पुन: प्रारम्भिक चरणबाट अनुसन्धान सुरु गरेको बताए पनि हालसम्म वास्तविक दोषी पत्ता लाग्न नसक्दा पीडित परिवार र स्थानीयमा अनेक शंकाहरु उब्जिएका छन् ।
पीडित परिवारदेखि जनप्रतिनिधि र सर्वसाधारणलेसमेत घट्नाको अनुसन्धानलाई निकै चासोको साथ लिएका छन् । पीडित परिवार अझै पनि घट्नाको वास्तविकता बाहिर आउनेमा विश्वस्त हुन सकेको छैन् । भेट्न आउने मन्त्री, सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुसमक्ष उनीहरुले फेरी पुरानै तरिकाको अनुसन्धान हुने हो कि भनेर आशंका व्यक्त गरिरहेका छन् ।
यतिबेला उपचारका लागि काठमाडौं आएका पन्त दम्पतिले भने जनता जान्न चाहान्छन कार्यक्रम भने राहत लिएर निर्मला पन्तले न्याय पाउने हैन । सरकारले अझै वास्तविक अपराधी बाहिर ल्याउन सकेका छैनन् । पत्रकार ऋषि धमलासंग भएको कुराकानी :
भिडियो हेर्नुहोस :