रामेछाप । फागुन ३ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकामा संचालन गरिएको जेष्ठ नागरिक स्वास्थ्य शिविरबाट २९ सय ७० जनाले सेवा लिएका छन् । पौष ९ गतेदेखी फागुन २ गते विहिबारसम्म संचालन भएको निशुल्क स्वास्थ्य शिविरबाट १७ सय ५१ महिला र १२ सय १९ जना पुरुष जेष्ठ नागरिकले स्वास्थ्य परिक्षण सहित औषधी सेवा लिएको खााँदेवी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ओम प्रकाश श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाको ९ वटै वडाका ६७ वटा टोलहरुमा संचालन गरिएको स्वास्थ्य शिविर वडा नम्बर ७ को बसेरी स्थित थामी बस्तीमा संचालन गरि विहिबार समापन गरिएको खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । शिविरमा सवास्थ्य परिक्षण गर्न आएका अधिकांस जेष्ठ नागरिकहरुमा हाडजोर्नी , पेटको समस्या , दम ,खोकी र उच्च रक्तचापको समस्या देखिएको खाँडादेवी गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
खाँडादेवी गाउँपालिकाका तीन हजार जेष्ठ नागरिकले निशुल्क स्वास्थ्य सेवा लिए
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन ३ २०७५
- तामाकोशी