रामेछाप । फागुन २ गते,रमेश ढुंगेल,
रामेछाप जिल्लामा बिगत १ बर्ष देखि सुरु भएको स्वास्थ बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड टेकु काठमाण्डौले रामेछापको मन्थलीमा अयोजना गरेको दर्ता सहयोगिहरुका लागि स्वास्थ्य बिमा सम्बन्धि पुनर्ताजगि तालिमकमा उनीहरुले यस्तो बताएका हुन् । राष्ट्रिय स्वास्थ बिमा बोर्ड ३ नं प्रदेशकी संयोजक सृजना पौडेलको अध्यक्षतामा सुरु भएको तालिममा राष्ट्रिय स्वास्थ्य बिमा बोर्ड टेकु काठमाण्डौका तालिम प्रशिक्षक कपिल अर्यालले सन् २०३० सम्ममा देश भरका सबै नेपालीहरुको स्वास्थ्य बिमा गर्ने राज्यको लक्ष भएकोले अब स्वस्थ बिमाका लागि गाउँपालिका र नगरपालिकाहरुबाट पूर्ण रुपमा सहयोग भइ राज्यको कार्यक्रमलाई सफल पार्न सहयोग हुने अपेक्षा ब्यक्त गरे ।
उनले बिमा गरेका नागरिकहरुले आफुले पाउने भन्दा बढि सुबिधा खोज्ने बानिको विकास हुदै गएकोले त्यस्तो गर्न नहुने बताए । नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलले स्वास्थ्य बिमा राम्रो भएपनि यसलाई सबै स्थानीय तहको वडामा बिस्तार गर्न नसक्नु दुखःको कुरा भएको बताए ।
स्वास्थ्य बिमा बोर्ड ३ नं प्रदेशकी संयोजक सृजना पौडेलले स्वास्थ्य बिमालाई गाउँगाउँ सम्म लगेर प्रभावकारी बनाउनका लागि सबै दर्ता सहयोगिहरुलाई आग्रह गरिन् । अन्यत्र जिल्लाको तुलतामा रामेछाप जिल्लाको स्वास्थ्य बिमाको तथ्याङ्क सन्तोष जनक रहेको उनको भनाई छ । स्वास्थ्य बिमा बोर्ड रामेछापका संयोजक यज्ञ राज ढुंगेलले हाल सम्म २०७४ पुष २६ गते देखि सुरु गरिएको स्वास्थ्य बिमा मा सहभागि भई कुल १४ हजार ,८ सय जना जना बिमित भइसकेको बताए । २०६८ सालको जनगणनाका तत्थ्याङ्कक अनुसार २ लाख १ हजार ४ सय ३६ जना जनसंखया रहेको रामेछाप जिल्लामा हाल सम्म ७.३५ % प्रतिशत मानिसहरु बिमित रहेको उनको भनाई छ । २ दिन सम्म चल्ने उक्त तालिममा जिल्लाका ८ वटै पालिकाका बिभिन्न वडाहरुबाट ५८ जना दर्ता सहयोगिहरुको सहभागिता रहेको छ ।
रामेछापमा स्वास्थ बिमा कार्यक्रम प्रभावकारी बन्दै
- प्रकाशित मिति: बिहिबार, फाल्गुन २ २०७५
- तामाकोशी