कृष्ण ओलीलाई ह्विल चियरमा बोकेर रुपा पुगीन फिलिम हलमा : चलचित्र हेर्न भन्दा कृष्ण ओलीलाई हेर्ने दर्शकहरुको घुँइचो

  • प्रकाशित मिति: बिहिबार, माघ १७ २०७५
  • तामाकोशी

काठमाडौं माघ १८,रुपा र कृष्ण ओली दिन प्रतिदिन अनुहारमा चमक आएको छ । कृष्ण ओलीका दुई हात नभए पनि तर आम नेपालीका हातले कृष्ण ओलीको मुहारमा खुसि आएको छ ।
रुकुमको सानेभेरी गाउँपालिकामा जन्मिएका २१ वर्षिय कृष्ण ओली विद्युत प्राविधिक हुन् । दाङको तुलसीपुरस्थित विद्युत प्राधिकरणको कार्यालयमा उनले केही महिना अगाडि मात्रै अस्थाई जागिर पाएका थिए ।

गत जेठ २५ गते विद्युत लाइन बिस्तार गर्ने क्रममा पोलमा चढ्दा उनलाई ११ हजार भोल्टको करेन्ट लागेको थियो । भारतको अस्पतालले फर्काइदिएका उनलाई कीर्तिपुर अस्पतालले बचाएको थियो । तर उनले दुवै हात र एक खुट्टा गुमाएका छन । एउटा नेपाली विपतमा पर्दा संसारभरका नेपालीहरु कसरी एकजुट भएर सहयोग गर्छन् भन्ने उदाहरण बनेको छ । अन्यथा कृष्ण ओलीका लागि एक महिनाभित्रै झण्डै दुई करोड संकलन भएको छ ।



रुकुमका युवक कृष्ण ओलीले गत जेठमा करेन्ट लागेर दुई हात एवं एक खुट्टा गुमाए । त्यसपछिका सात महिना उनी कति रोए कुनै लेखाजोखा छैन । उनकी पत्नी रुपाले दह्रो मुटु बनाएर कसरी श्रीमानलाई सम्हालिन् उनैलाई मात्र थाहा छ ।

तर, अहिले यो जोडीको अनुहारमा मुस्कान फिरेको छ । कम्तिमा कृत्रिम हात गोडाको सहायताले कृष्णले आफ्नो जीवन अगाडि बढाउन सक्ने कुराले उत्साही बनेका छन् । देशविदेशका नेपालीहरुले यो जोडीलाई सयोग गरिरहेका छन ।
सधै कोठामा सिमित हुने कृष्ण ओलीका दम्पति आज एक्कासि फिल्मी हलमा पुगेका भेटिएका छन् । साथमा पत्नी रुपा पनि भेटिएकी छन ।
हेर्नुहोस यो भिडियो :