रामेछापका सबै स्वास्थ्य संस्थामा सरकारले दिने निशुल्क औषधि

  • प्रकाशित मिति: मंगलबार, माघ २५ २०७३
  • तामाकोसी खबर

रामेछाप । २५ ,माघ, 
रामेछाप जिल्लाको सबै स्वास्थ्य संस्थामा सरकारले निशुल्क दिने सबै औषधि रहेको  जिल्ला स्वास्थ्य कार्यालय रामेछापले दाबि गरेको छ । सदरमुकाम मन्थलीमा सोमबार पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. प्रकाशप्रसाद साहले यस्तो दाबि गरेक हुन्  । जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी ,३ जनस्वास्थ्य कार्यालयमा ५८ थरी , ५१  स्वास्थ्य चौकिमा ३५ थरी , १ उपस्वास्थ्य चौकिमा ३५ थरी , ८ सामुदायिक स्वास्थ्य इकाईमा ३५ थरी , ४ शहरी स्वास्थ्य केन्द्रमा ३५ थरी निशुल्क पाईने औषधीहरु उपलब्ध गराउनुपर्ने सरकारी नियम अनुसार निशुल्क औषधिहरु रहेको डा. साहको भनाई छ ।
जिल्लामा अहिले पुर्ण रुपमा औषधी रहेको र अहिलेको अवस्थामा चैत्र सम्म पुग्ने आफुहरुसंग औषधि रहेको उनको भनाई छ  । उनले  औषधि खरिदको लागि ४३ लाख अख्तियारी आएकोमा जिल्ला स्वास्थ्य कार्यालयले  ६ लाखको औषधि खरिद गरेको र टेण्डर आह्वान गरि पहिलोचरणमा २४ लाख , र दोस्रो चरणमा १३ लाख को औषधि खरिद गरिएको बताए  । उनले स्वास्थ्य क्षेत्रमा गरिएको क्रियाकलापका आधारमा मध्यमाञ्चलका १९ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयमध्य पहिलो र देशभरका जिल्ला स्वास्थ्य कार्यालयमध्य २२ औ स्थानमा जिल्ला स्वास्थ्य कार्यालय रामेछाप रहेको  उनको भनाई छ  । उनले औषधीका लागी  सरकारले ९ लाख रुपैयाँ रकम थप अख्तियारी दिएको पनि बताए  ।