काठमाडौं – होटल-होटल गीतबाट यसभन्दा अघिनै चर्चा कमाईसकेका गायक गणेश जि.सी नेपालि गीतसंगीतमा भिजिसकेका छन् । काठमाडौँ लगायतको बिभिन्न ठाउँमामा सुटिङ सकेर फेरी अहिले अर्को गणेश जिसीको प्रस्तुति “बासमती’गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बहु प्रतिभा भएका गायक सुदूरपश्चिमको डोटीमा जन्मेका हुन् । गायक स्वयम गणेश जि .सी र टेक बिष्टको शब्द तथा स्वयम गायकको संगीतमा रहेको छ । उक्त गीतमा गणेश जिसीको सुमधुर आवाज रहेछ । बिक्रम चौहानको निर्देशनमा रहेको उक्त्त भिडियोको छायांकन प्रकाश खडकाले गरेका छन् भने सम्पादन मिलन बिकले गरेका छन् ।
उक्त्त भिडियोमा गित संगीतको दुनियामा एक पछी अर्को चर्चाको सिखर चड्दै गरेका र्यापर जगत तिरुवा,चर्चित मोडल टिका जैशी र गायक गणेश जिसीको दमदार अभिनय रहेको छ । बजार ब्यवस्थापन तथा वितरण भने बसिबियालो म्युजिक प्र.लिले गरेको छ ।
आशा छ आम नेपालि दर्शक स्रोताले मन पराईदिनु हुने छ । सम्पूर्ण टिमलाई शुभकामना !