कार्यक्रमको शिलशिलामा यात्र गर्ने क्रममा लोकप्रिय गायिका शान्ती श्री परियार हिजो राती करिव १ बजे सवारी दुर्घटनामा परेकी छन । नेपालगञ्जको कार्यक्रम सकेर फर्किने क्रममा परियार सवारी दुर्घटनामा परेकी हुन । उनको अहिले उपचार भइरहको छ भने उनी खतरा मुक्त रहेकी छन ।
उनी सवार कार रातीमा अनियन्त्रीत भइ गोरु सिँङगे भन्ने ठाँउमा दुर्घटना भएको उनी निकट स्रोतले जनाएको छ । यस सम्बन्धी थप विवरण आँउन बाँकी छ । दुर्घटना पछि परियारलाई ग्रान्डी हस्पिटलमा उपचारका लागि लगिएको थियो । उपचारपछि अहिले उनको अवस्था खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ ।
गायिका शान्तिश्री परियारलाई हस्पिटलबाट डिस्चार्ज गरि घर लगिएकाे छ, भने उनको हात र ढाडमा चोट लागेको छ । पौष २६ गते देखि चलेको ‘नेपालगन्ज कृषि पर्यटन व्यापार तथा बृहत सांस्कृतिक कार्यक्रम २०७५’ माघ ८ गते सम्म चल्ने छ । महोत्सव नेपालगन्ज स्थित कारकाँदो चोकमा भैरहेको छ । गायिका शान्ति श्री परियारले उक्त महोत्सवमा सोमबार प्रस्तुति दिएकी थिइन ।
याे पनि पढनुहाेस
बोल मायाबाट एका एक चर्चामा आएकी लोकप्रिय गायिका शान्ती श्री परियारले आवाज दिएका निकै उत्कृष्ट गितहरु धमाधम सार्वजनिक भइरहेका छन । यसै अवसरमा भर्खर मात्र सबैलाई रुवाउने नयाँ गित मैले पिउने दुध सार्वजनिक भएको छ । विदेशीने नेपालीहरु र साना बच्चा बच्चीको कहानीमा आधारीत सो गितले हेर्दै जाँदा सबैका आँखा रसाउने बनाउछ । गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने गितलाई लय सिर्जना लोकप्रिय सर्जक गणेश अधिकारीले गरेक हुन भने शब्द सिर्जना धिरज भट्टराईले गरेका छन ।
शान्ती श्री परियारको एक आवाज रहेको सो गितको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने भिडियो पनि कथाबस्तु सहित राम्रो बनाइएको छ । गितको म्युजिक भिडियोमा चिरन्जीवि भट्टराई,सारिका के.सी र कमला अर्यालको अभिनय रहेको छ भने गितको म्युजिक भिडियो निर्देशन कपिल लामाले गरेका छन ।
गितको पुरै म्युजिक भिडियो :