मध्यारातिमा ‘भाउजु स्याहार्छु’ भन्ने दिल निशानी माथि मिना ढकालको कडा प्रहार,हेर्नुहोस (भिडियो)

  • प्रकाशित मिति: सोमबार, पुष ३० २०७५
  • तामाकोशी

काठमाडौं। सामाजिक संजाल फेसबुकमा आफूबारे विवादास्पद टिप्पणी गरेका पत्रकार दिल निशानीलाई मिना ढकालले जवाफ दिएकी छिन् । उनले दिन निशानीलाई सम्बोधन गर्दै उनका कुरा ‘सानातिना’ भएको टिप्पणी गरिन् । उनले निशानीका विवादित यस्ता स्टाटसलाई लक्षित गर्दै ‘मलाई यस्ता सानातिना कुराले कुनै फरक पार्दैन’ भनिन् । युट्युब च्यानल पिएनपी मिडियालाई दिएको अन्तरवार्तामा उनले दिल निशानीको कुराले आफूलाई माया गर्नेहरुको चित्त दुखेको बताइन् ।

झण्डै एक साताअघि पत्रकार दिल निशानीले मिना ढकालको बारेमा निकै विवादित फेसबुक स्टाटस लेखेका थिए । उनले ‘भाउजु स्याहार्नै पर्छ भने म तयार छु’ भन्दै फेसबुकमा पोस्ट गरे । उनले यो पोस्ट गरेसँगै कमेन्टमा गाली तथा व्यङग्य आउन थाले । त्यसको भोलिपल्ट नै निशानीले फेरि अर्को विवादित पोस्ट गरे । उनले ‘मैले भाउजु स्यार्छु भनेको त मिना ढकाल जी लाई पो हो। उहाँको स्वर राम्रो छ, यसो एल्बममा लगानी गरौला भन्ने सोचेको थिए।’ भन्दै अर्को विवादित स्टाटस लेखे ।



यतिमात्र होइन उनले पहिलो पोस्टमा आफैंले कमेन्ट गर्दै ‘यार्सागुम्बा पनि खाएको छु’ लेखेका थिए । दोस्रो पोस्टको कमेन्टमा उनले यार्सागुम्बाको फोटो पोस्ट गर्दै ‘भोलि खाने यो ३ पिस’ लेखेका छन् । दिल निशानी बेलाबेलामा यस्ता विवादित पोस्टका कारण चर्चामा आइरहन्छन् । उनले फेसबुकमा मात्र नभइ ट्वीटरमा समेत यस्ता विवादित टिप्पणीहरु गर्ने गरेका छन् । यद्यपि यस्ता पोस्टमा उनीमाथि निकै भद्दा टिप्पणी र गालीगलौज आउने गरेको छ । पछिल्लो समय मिना ढकाल समेत सामाजिक संजालमा चर्चाको विषय बनेकी छिन् । उनका केही कामहरु पछिल्लो समय विवादमा पनि तानिएका छन् । हेर्नुहोस् मिना ढकालले पिएनपि मिडियालाई दिएको अन्तरवार्ता –