पत्रकार रवि लामिछाने एकाएक कर्णालीको कालिकोटमा पुगेर फेसबुक लाइभमा आएका छन् । कर्णाली प्रदेशको कालिकोटको रास्कोटमा दक्षिण एसियाकै नमुना डिजिटल अस्पतालको निर्माणको लागि उनि कालिकोटमा पुगेका हुन् । रास्कोट सामुदायिक अस्पतालको आधिकरिक घोसणा गर्न त्यहाँ पुगेको उनले खुलासा गरेका छन् । फेसबुक लाइभमा आएर उनले आधिकारिक रुपमा रास्कोट सामुदायिक अस्पतालको बारेमा जानकारी गराएका हुन् ।
यतिमात्र नभएर रवि लामिछानेले रवि लामिछाने फाउन्डेसनको आधिकारिक घोसणा समेत गरेका छन् । यसपछिका सामाजिक कार्यहरु रवि लामिछाने फाउन्डेसनबाटै गरिने समेत बताएका छन् । देश बिदेशमा रहेका धेरै नेपालीले रुचाएका पत्रकार रवि लामिछानेले गरेको नया कार्यको सुरुवात संगै सामाजिक संजालमा धेरैले खुसि ब्यक्त गरेका छन् । आफ्नै फाउन्डेसनबाट सामाजिक कार्यहरु संचालन गर्ने घोसणा गरे संगै रवि लामिछानेका समर्थक लगायत धेरै उत्साहित भएका छन् । विभिन्न समयमा देश बिदेशमा रहेका नेपालीको मन जित्ने काम गरेका रवि लामिछानेले सुरु गरेको नया कार्यले पनि शिखर चुम्ने विश्वास धेरैले गरेका छन् ।
रवि लामिछानेको फेसबुकमा राखेको पोस्ट
बिकट कर्णाली प्रदेशको कालिकोटबाट यो पोस्ट लेख्दै छु। आजदेखि आजीवन र मृत्यु पछिपनि समाज सेवामा निस्वार्थ सम्लग्न हुने आधिकारिक प्रण गर्दछु। यो संगै “रबि लामिछाने फाउन्डेसन”को आधिकारिक जानकारी सहितको प्रतिबद्धता सगौरव सार्वजनिक गर्न चाहन्छु। पहिलो प्रयास स्वरुप बिकट कर्णालीको कालिकोटमा रहेको रासकोटमा अब स्मार्ट डिजिटल अस्पताल बन्ने छ।दक्षिण एसिया कै नमुना हुनेछ १५ बेड्को “रासकोट सामुदायिक अस्पताल” । ईन्टरनेटले साथ दिए केही घण्टामा रास्कोट पुगि Live आउनेछु।