११ बर्ष सम्म बन्दक भएको हल्लामा परेकी चर्चित गायिका बिष्णु माझी र गायक सुर्य खड्काको आवाजमा यस्तो गीत आएपछि

  • प्रकाशित मिति: बिहिबार, पुष २६ २०७५
  • तामाकोशी

जापानमा रहेर पनि नेपाली गित संगितमा दरो उपस्थिति जनाइरहेका लोकप्रिय सर्जक तथा गायक सुर्य खड्काको आवाज रहेको नयाँ गित अबकास भर्खर मात्र सार्वजनिक भएको छ ।

विष्णु माझी र सुर्य खड्काको आवाज रहेको सो गित हेर्दै जाँदा कतिवेला आँसु आउछ थाहानै हुँदैन । माया प्रेममा विछोड भएका जोडीहरुको कथालाई गितले विषयबस्तु बनाएको छ । गितको सम्पुर्ण पक्ष प्रशंसा गर्न लाएक छ ।



इश्वर पौडेलको उत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गितलाई स्मृति तिमिल्सीनाले म्युजिक भिडियो निर्देशन गरेकी छन । दिपेश घिमीरे र सारिका के.सीले गितमा निकै उत्कृष्ट अभिनय गरेका छन ।

गित सार्वजनिक भए पछि हामी सँग कुरा गर्दै खड्काले आफुलाई यो गित अत्यन्तै मन परेको बताउदै गितलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गितको पुरै म्युजिक भिडियो हेर्नुहोस