पूर्वयुवराज पारस शाहको टार्गेटमा “प्रचण्ड”चितवन एर्पोटमा चल्यो नाराबाजी

  • प्रकाशित मिति: आइतबार, पुष १५ २०७५
  • तामाकोशी

चितवन, पुस १६ । चितवनमा गोली काण्डले तर्सिएका पूर्वयुवराज पारस शाह फेरि चितवन पुगेका छन् । आफ्नो प्रभाव देखाउन समर्थकहरुद्वारा विमानस्थलमा भव्य स्वागतको नाटक रचिएको टिप्पणी चितवनमा व्याप्त भएको छ । पारस शाह आज व्यक्तिगत भ्रमणका लागि चितवन पुगेका थिए । केही दर्जन व्यक्तिहरुले स्वागत गरेको कुरालाई ‘भव्य स्वागत’ भन्दै राजतन्त्रका पक्षमा पारसको उपस्थितीलाई देखाउन कोशिस गरेको भरतपुरको बुद्धिजीवीहरुले टिप्पणीसमेत गरेका छन् । ‘केही समययता पूर्व राजा ज्ञानेन्द्र शाहका गतिविधी बढेर गएको बेला नेकपाका अध्यक्ष प्रचण्डले कडला आलोचना गरेको धेरै दिन नबित्दै पारस शाहको चितवन भ्रमण र समर्थकहरुको नाराबाजीलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

सहयोगीसहित हवाईमार्ग हुँदै आइतबार दिउँसो चितवन पुगेका पूर्वयुवराज शाहलाई राजावादीले भरतपुर विमानस्थलमा स्वागत गरेका थिए । पारसको स्वागतका लागि आएकाहरुले राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए । पूर्व युवराज पारससँग तस्वीर खिचाउनेहरुको पनि विमानस्थलमा भीड लागेको थियो । गाडी नै रोकेर सेल्फी खिच्नेहरु पनि उत्तिकै थिए । विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु समेत उनको स्वागतमा उपस्थित थिए । पश्चिम चितवनको एक गुम्बाको कार्यक्रममा सहभागी हुन र जन्मदिन मनाउन उनी चितवन आएको उनका सहयोगीले बताए ।



एभरेस्ट दैनिक